“रामदेवको ‘नेपाली-लिला’मा सिङ्गो सत्ता”
2021, November 20th, Saturday

हाम्रो खबर संबाद दाता

“प्रधानमन्त्री भएका बेला २०७३ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत बाबा रामदेवको आश्रम हरिद्वारमा पुगेका थिए। त्यो बेला रामदेवले आश्रम भ्रमण गराए। स्वागत् सम्मान गरे।”

“अनि प्रचण्डको हात समाएर एउटा भन्डार कक्षमा लगे। प्रचण्डकै भाषामा त्यो भण्डारकोठामा ‘जडिबुटीको विशाल पहाडै थियो।’ अनि रामदेवले प्रचण्डलाई भने ‘यो सबै नेपालबाटै आएको हो। नेपालमा पनि यस्तै उद्योग खोल्नुपर्छ।’ रामदेवसँग प्रचण्ड–साइनो अझ गहिरो छ।”

“पार्किन्सस’जस्तो दीर्घ रोरामदेवको ‘नेपाली-लिला’मा सिङ्गो सत्तागले थलिएकी प्रचण्डपत्नी सीतालाई उनले उपचारका लागि अमेरिकालगायत संसारका सबैजसो महंगा अस्पतालहरूमा पुर्‍याइसकेका छन्। तर, पनि केही उपाय लागेकाे छैन। र, प्रचण्ड आखिर रामदेवकै आश्रममा पुगे।”

“२०६७ साल पुसमा छोरी गंगा दाहाल र नेता मातृकाप्रसाद यादवले सीतालाई रामदेवको आश्रम पुर्‍याएका थिए। बिहीबार नेपाल आइपुगेका भारतीय योग गुरू ‘बाबा’ रामदेव सरासर प्रचण्डनिवास पुगे। आफ्ना सहयोगी आचार्य बालकृष्णका साथ यहाँ आएका उनले थलिएकी सीतालाई पनि भेटे।”

“अनि केहीबेर प्रचण्डसँग गफिए पनि। शुक्रबार बिहान रामदेवको पतञ्जली पीठले काठमाडौंमै एउटा कार्यक्रम राखेको थियो। त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबै राजनीतिक दलका नेताहरू पुगेका थिए। त्यो कार्यक्रम खासगरी पतञ्जलीले नेपालबाटै सञ्चालन गर्न लागेको ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टेलिभिजन च्यानलको सुरूवातका लागि थियो।”

“त्यो कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘जहिलेदेखि रामदेवसँग नजिक भएँ त्यो बेला पहिला त लाग्थ्यो उहाँ रू’ढीवादी, प’रम्परावादी हुनुहुन्छ तर, उहाँ त महान वैज्ञानिक अनि क्रा’न्तिकारी पो हुनुहुँदो रहेछ। त्यसैले अझ निकटता बढ्यो।’ मञ्चमा बसेका बाबा रामदेव लामो हाँसो हाँसे।”

“अनि प्रचण्डले फेरि भने– ‘योगलाई उहाँले नयाँ क्रान्तिमार्ग प्रदर्शन गर्नुभयो। योगलाई आरोग्यतिर र आरोग्यलाई उद्योगतिर लैजानुभयो। त्यसैले बाबा रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ हुनुभयो।’ आचार्य बालकृष्णलाई पनि उनले निकै प्रशंसा गरे ।विश्वकै सय धनीहरूको सूचीमा अटाउने आचार्य बालकृष्ण नेपालकै हुन्।”

“रामदेवसँगै मिलेर उनले पतञ्जली औ’षधिहरूको उत्पादन गर्छन्। रामदेवको त्यो सबै ब्यापार उनले सम्हाल्छन्। प्रचण्डले रामदेवको प्रशंसा गर्दै फेरि भने– ‘शिक्षा स्वास्थ्य र रोजगारको विकास कसरी गर्ने भन्ने कुरा हिजाे हामीबीच कुरा भएको छ र आचार्य बालकृष्णले त्यो कुरा विस्तृतमा भन्नुभएको छ”

एउटा कार्यक्रम आयोजना गर्ने कुरा भएको छ। नेपालको समग्र आर्थिक सामाजिक र राजनीतिक विकासमा उहाँहरूको योगदान धेरै महत्वपूर्ण छ।’ प्रचण्डको सम्बोधनपछि रामदेवले ,पनि उनका बारेमा हाँस्दै हिन्दीमै भने– ‘सुरूमा लागेको थियो कि प्रचण्ड एकदम भ’यंकर छन्।

निकै खुङ्खार छन्। मैले ,कहिल्यै सोचेको थिइनँ कि यस्तो मान्छे कुनै दिन मेरो छेउमा बस्नेछ। बाहिरबाट उनी जति प्रचण्ड देखिन्छन् नि भित्रबाट उनी त्यत्तिकै कोमल छन्।’ सँगै बसेका रामदेवले प्रचण्डको हात समाएर हाँसिरहे। रामदेवले प्रचण्डलाई जहिले पनि ‘अखण्ड-प्रचण्ड पुरूषार्थ’ भनेर सम्बोधन गर्छन्।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले त्यो कार्यक्रमलाई सुरूमै सम्बोधन गरेका थिए। सुरूमा नेपालीमै बोलेका नेपालले बीचबीचमै ‘हिन्दी घुसाए’ र रामदेवको निकै प्रशंसा गरे। उनले आफू प्रधानमन्त्री भएका बेला पतञ्जलीलाई ‘सक्दो सहयोग’ गरेको अतीत पनि रामदेवलाई सुनाए।

‘उहाँसँग पुरानो सम्बन्ध, छ। म प्रधानमन्त्री हुँदा उहाँहरू दुबैलाई स्वागत गर्ने मौका पाएको थिएँ। उहाँहरूको अभियानलाई सहयोग पुर्‍याउनका लागि मैले सक्दो सहयोग गरेको थिएँ’ नेता नेपालले रामदेवलाई हिन्दीमै त्यो कुराको स्मरण पनि गराए। धेरैजसो हिन्दीमै बोलेका नेता नेपालले कुनै बेला आफू पलेंटी कसेर बस्न नसक्ने अवस्थामा पुगेका बेला उनै रामदेवको ‘योग सिकेर’ अब पलेंटी मारेरै बस्न सक्ने भएको ‘दृष्टान्त’ पनि सुनाए।

उनले त्यो साधनालाई ‘को’रोनाकाल’मा पनि निकै पछ्याएको बताए। ‘योग साधनाको बेग्दै महत्व छ। हामी नेपालीले धेरै आशा गरेका छौं तपाईंहरूसँग। को’रोनाका बेला मैले पनि धेरै औ’षधि प्रयोग गरेँ। को’रोनिल(कि’ट) भन्ने र अरू पनि पतञ्जलीका औ’षधिहरू सेवन गरेँ।’

नेता नेपालले भनेको त्यो औ’षधि को’रोनाकालमा खुब विवादित भएको थियो। ,डब्ल्यूएचओले समेत यसलाई ‘प्रमाणित’ नभएको भनेको थियो। र, नेपालमै पनि यो औ’षधिलाई सरकारले प्रयोगको अनुमति दिएको थिएन। त्यतिमात्रै होइन भारतमै पनि यो औ’षधि निकै विवादित भयो।

‘एलोपेथिक भन्दा आर्युवेदबाटै को’रोना निको पार्न सकिन्छ’ भन्दै अस्पतालमा नजान भनेर रामदेवले दिएको अभिव्यक्ति यति विवादित बन्यो कि अन्त्यमा उनले ‘विज्ञानलाई स्वीकार्छु’ भन्दै मा’फीसमेत, माग्नुपर्‍यो। कार्यक्रमलाई अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। उनले बाबा रामदेवले नेपालमा गर्न लागेका कुनै पनि कामहरूमा अवरोध नहुने प्रतिवद्धता गरे।

‘रामदेव बाबा नेपाललाई बहुत प्यार गर्नुहुन्छ। त्यसैले उहाँ नेपाल आउनुहुन्छ। नेपालमै उहाँले आयुर्वेद औ’षधि उत्पादन गर्न चाहनुहुन्छ र उहाँलाई नेपाल सरकारका तर्फबाट पूराका पूरा सहयोग, हुनेछ’ प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औ’षधी उत्पादनका लागि पतञ्जलीलाई आवश्यक पर्ने जग्गादेखि सबै कुरामा सहयोग हुने बताए ‘प्लान्टहरू लगाउने सबै कुरामा सहयोग हुनेछ।

जग्गा जमिन उपलब्ध गराउने कुरामा उहाँलाई केही बाधा भएको छ भन्ने थाहा भएको छ। त्यो जग्गा नेपाल सरकारले उपलब्ध गराउनेछ’ देउवाले भने। देउवाले रामदेवलाई बारम्बार नेपाल आइरहन अनुरोध पनि गरे। देउवाको त्यो भाषणपछि ‘मायाको चिनो’ दिँदै रामदेवले सबैजसो नेताहरूको प्रशंसा गरे।

देउवालाई रामदेवले ‘साधु स्वभावका एक राजनीतिक राजयो’गी’ भनेर सम्बोधन गरे। रामचन्द्र पौडेललाई पनि आफ्ना कार्यकर्ता भन्दै ‘योगी’ भने। अर्को छेउमा बसेका जनता समाजवादी पार्टीका ,अध्यक्ष उपेन्द्र यादवलाई रामदेवले आफ्ना एक ‘प्रखर शीष्य’ भने।

र, उनले नेपाल आउनुको एउटा खास कारण पनि खुलाए ‘योग साधना र आर्युवेदको राजधानी नेपाल बनोस्। हामी त्यही अभियानमा छौं।’ नेपालमा मात्रै होइन, भारतमै पनि बाबा रामदेवका आ’लोचकहरूले लगाउने एउटै आरोप हो– श’क्तिका ,पूजारी।

“भारतमा त्यो बेला कांग्रेस आइको गठबन्धन सरकार थियो। त्यो सरकारले रामदेव र आचार्य बालकृष्णको नाम जोडिएका सबै ट्रष्टहरूमा अनुसन्धान सुरू गर्‍यो। उनीहरूले आर्जन गरेको सम्पत्तिलाई ‘अ’वैध स्रोत’बाट आएको भन्दै त्यो सरकारले सारा खातापाताहरू नियन्त्रणमा लिएको थियो।”

त्यसको विरोधमा देशविदेशबाट आफ्ना अनुयायीहरू बोलाएर रामदेवले दिल्लीको रामलिला मैदानमा भयंकर ‘लिला’ नै देखाए। सरकारले ‘कुदृष्टि’ लगाएको भन्दै उनले रामलीला मैदानमै हजारौं अनुयायीहरूको साथमा अनशन बसे। प्रहरीले हस्तक्षेप गर्‍यो र उनी ‘हरिद्वार’ नफर्किने भन्दै देशभरि घुमे।”

त्यो बेला रामदेवले ‘कांग्रेस सरकार ढालेरमात्रै’ हरिद्वार फर्किने कसम पनि खाए। र, सन् २०१४मा भारतभरि ‘कमल’ फुल्यो। भारतीय जनता पार्टीले २८२ भन्दा धेरै सिट जित्यो। नरेन्द्र मोदी प्रधानमन्त्री भए। त्यसपछि पूर्ववर्ती सरकारले रामदेवहरूमाथि चलाएका सबै मुद्दाहरू एकाएक बन्द भए।”

र, आज भारतीय अर्थतन्त्रको एउटा मुख्य हिस्सा बनेको छ पतञ्जली। भारतको राष्ट्रिय राजनीतिमा भारतीय जनता पार्टीको स’त्तारोहणपछि राजनीतिमात्रै होइन, सबैजसो सञ्चार उद्योगहरूको एउटा प्रमुख स्रोत पतञ्जली नै हो। भाजपाको, ‘समर्थन’ र ‘आ’लोचना’का दुई धारमा बाँडिएका भारतीय मिडिया उद्योग अहिले ‘रामदेव’ साम्राज्यमा पनि दुई चिरा छ।

शुक्रबार नेपालमा भएको कार्यक्रममा पनि रामदेवले भारतीय जनता पार्टीका श’क्तिशाली नेता तथा सरकारका सडक परिवहन एवं राजमार्ग मन्त्री नीतिन जयराम गडकरीलाई निम्तो दिएका थिए। तर उनी नेपाल नआइ कार्यक्रमलाई ‘भर्चुअल’ सम्बोधन गरे।

त्यसक्रममा उनले ‘नेपाल-भारत’ साइनोलाई निकै पुरानो र बलियोरूपमा अर्थ्याए। ‘सम्बन्धको त्यही विरासत नै हाम्रो शक्ति हो’ उनले भने। मन्त्री गडकरी भारतीय जनता पार्टीका श’क्तिशाली नेता हुन्। मोदीका निकै विश्वासिलो नेताका रूपमा लिइने गडकरीलाई कतिपयले मोदीकै ‘उत्तराधिकारी’का रूपमा पनि लिन्छन्।

उनले अयोध्या र जनकपुरलाई जोड्नका लागि भारत सरकारले करिब २० हजार करोड खर्चेर सडक निर्माण गरिरहेको बताए। विभिन्न खण्ड-खण्डमा निर्माण हुँदै आएको यो सडकले सन् २०२३ सम्ममा करिब पाँच सय किलोमिटर टाढा रहेको अयोध्यालाई नेपालको जनकपुरसँग जोड्ने छ।

‘यो सडक नेपाल भारत सम्बन्धको अर्को एउटा बलियो कडी हुनेछ’ उनले भने। प्रष्ट छ, उनी नेपालका जडिबुटीहरू चाहन्छन्। जो उनको विश्वव्यापी ब्रान्ड ‘पतञ्जली’मार्फत् आफ्नो साम्राज्यको एउटा मुख्य अंश बन्नेछ। २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा भारत भ्रमण गएका बेला उनी बाबा रामदेवको आश्रममा पनि पुगेका थिए।

त्यसबेला रामदेवले नेपालमा पनि आयुर्वेद औषधिको प्लान्ट र आयुर्वेद मेडिकल कलेज खोल्ने इच्छा व्यक्त गरे। आफ्नो आश्रममा ‘नेपाली जडिबुटीको विशाल’ भन्डार खडा गरेका रामदेवको त्यो कुरामा प्रचण्डले तुरन्तै सहमति जनाए। नभन्दै त्यसको केही महिनापछि रामदेवले बारा जिल्लामा ‘पतञ्जली’ आयुर्वेद प्रालि खोले।

त्यसमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले पनि साथ दिएका थिए। राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरेको त्यो प्रालिबाट पछि उपेन्द्रले लगानी झिके। अहिले पतञ्जली एक्लैले चलाइरहेको त्यो उद्योगले अहिले पनि करिब २० प्रकारका सौन्दर्य सामग्रीहरू उत्पादन गर्छ।

त्यो बेला रामदेवले करिब डेढ अर्ब लगानी गरिएको र त्यो लगानीलाई पाँच अर्बभन्दा बढी पुर्‍याएर दश हजार नेपालीलाई रोजगारी दिने बताएका थिए। ‘योग साधना’बाट अनुयायी बढाउँदै चर्चा कमाइरहेका ‘बाबा’ रामदेवको समीपमा पुगेका नेपाली मूलका योगी आचार्य बालकृष्ण पतञ्जली जडिबुटीका सर्जक मानिन्छन्।

पतञ्जलीले त उनको जन्मदिनलाई ‘जडिबुटी’ दिवसकै रूपमा मनाउँछ। विश्वकै धनाढ्यहरूको सूचीमा पर्ने बालकृष्ण नेपालको स्याङ्जास्थित काफलडाँडामा जन्मिएका हुन्। तर, प्राथमिक कक्षाहरू पढ्दापढ्दै भारत छिरेका उनले अहिले भने आफ्ना बुबाहरू कामको शिलशिलामा भारतमै रहेका बेला त्यहीँ जन्मिएको दाबी गर्छन्।

उनको यही दाबी र शिक्षा आर्जन गरेका सर्टिफिकेटहरूलाई लिएर भारतमा पनि वि’वाद भएको थियो। स्याङ्जामा सामान्य खेतीपाती गरेर बसिरहेका आचार्य बालकृष्णको बुबा ८४ वर्ष पुगिसकेका छन्। शुक्रबार बाबा रामदेव पनि आचार्य बालकृष्णसँगै हेलिकोप्टर लिएर उनका बुबाको ‘८४ पूजा’मा सहभागी भएका थिए।

‘अ’वैध धन आर्जन’को आरोपसमेत खेपेका उनका मुद्दाहरूमा सिबिआइले पनि अनुसन्धान गरेको थियो। पछि नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि उनका सबै मु’द्दाहरूमा अनुसन्धान स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका थिए। यो बाबा रामदेवको भारतीय जनता पार्टीसँग अर्को एउटा ‘साइनो’ हो।

यद्यपि यी आरोपहरूलाई आचार्य बालकृष्ण अनि बाबा रामदेवले ‘अस्विकार’ गर्दै आएका छन्। हाम्रै वरिपरि रहेका ६५ हजार प्रकारका जडिबुटीहरूका बारेमा आफूलाई ज्ञान भएको दाबी गर्ने बालकृष्णले त्यसबारे धेरै पुस्तकहरू पनि लेखेका छन्। यही औषधिहरूकै कारण ‘पतञ्जली’ अहिले विश्वकै एक बहुराष्ट्रिय ब्रान्ड बनिसकेको छ।

कैयौ बहुराष्ट्रिय कम्पनीहरूलाई ‘टक्कर’ दिइरहेको यो पतञ्जलीले औषधिमात्रै होइन, दैनिक उपभोग्य समाग्रीहरू पनि उत्पादन गर्छ। र, ती सामानहरूको एउटा मुख्य बजार नेपाल पनि हो। ‘योग’लाई आधुनिकीकरण गर्दै विश्वभरि चम्किएका रामदेवले छोटो समयमै विश्वभर ‘पतञ्जली’को बलियो साम्राज्य विस्तार गरिसकेका छन्।

नेपालमै पनि उद्योग स्थापना गरिसकेका छन्। चार वर्षदिख पतञ्जलीले धुलिखेलमा ‘पतञ्जली आयुर्वेद कलेज’ चलाइरहेको छ। यहाँ आयुर्वेदको पढाई हुन्छ। देशका ७७ जिल्लामा ‘पतञ्जली योगपीठ’हरू छन्। पतञ्जली योगपीठ नेपालको दाबीअनुसार देशभर उनीहरूका करिब ५० हजारजति योग शिक्षकहरू छन्। उनीहरूले स्थानीय तहमा दैनिक योगाभ्यास गराउँछन्।

यसपालि रामदेवको नेपाल-यात्रा– नेपालमा दुईवटा टेलिभिजन च्यानलको उद्घाटन गर्न उनी बिहीबार काठमाडौं आएका हुन्। आएकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका उनले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका सबै नेताहरूलाई एउटै मञ्चमा राखेर शुक्रबार आफ्ना टेलिभिजन च्यानलनको उद्घाटन गराए।

पतञ्जली योगपीठ नेपाल सञ्चालक रहने भनिएको ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टेलिभीजनहरूले पतञ्जलीका विभिन्न योग सन्देश, आयुर्वेदिक उपचार तथा उसका उत्पादनकाहरू बारेमा सन्देशहरू प्रशारण गर्नेछन्। त्यही कार्यक्रममा प्रधानमन्त्री देउवालगायतका नेताहरूले पतञ्जलीको ‘स्वदेशी सम्मृद्धि कार्ड’को पनि सुरूवात गरे।

नेपालमा सुरू भएको यो कार्ड प्राप्त व्यक्तिले पतञ्जलीका हरेक सामानहरूमा निश्चित छुट पाउनेछन्। आचार्य बालकृष्णका अनुसार यो कार्ड प्राप्त व्यक्तिको कुनै दुर्घटनामा मृत्यु भएमा उसमा आश्रित परिवारलाई पतञ्जलीले पाँच लाख रूपैयाँ दिनेछ। शनिबार बिहान बाबा रामदेवले चन्द्रागिरिमा ‘योग’ प्रशिक्षण दिनेछन्।

त्यसका लागि उनी शुक्रबार साँझ नै चन्द्रागिरिमा बास बस्न पुगिसकेको छन्। नेपालमा पतञ्जली ट्रस्टका ट्रस्टी शालिग्राम सिंहका अनुसार रामदेव र आचार्य बालकृष्णको टोली शनिबार नै धुलिखेलस्थित आफ्नो मेडिकल कलेज पुग्नेछन्। र, आइतबार उनी काठमाडौंबाट फर्किने छन्। गजेन्द्र बोहरा/आयो मेल

तपाईको प्रतिक्रिया