“”त्रिभुवन विमानस्थल,बाट सुनजस्तै देखि,ने झन्डै २ किलाे पहेँलाे धातु बरामद”
2021, November 19th, Friday

हाम्रो खबर संबाद दाता

“काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तै देखिने झन्डै दुई किलो पहेँलो धातु बरामद भएको छ ।”

“बरामद भएको तरल अवस्थामा रहेको पहेँलो धातु सुन भएको अनुमान गरिएको र परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।”

“आज शुक्रवार बिहान दुबईबाट आएका सिरहाका सरोज सहानी र दाङका सीताराम चौधरीको साथबाट प्रहरीले पहेँलो धातु बरामद गरेको हो । उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।”

अन्य समाचार:-प्रचण्ड भाषण गर्ने प्रचण्ड,को हृदय कोमल छः बाबा रामदेव”

“काठमाडौं । दुई वटा टीभी च्यानलसहित पतञ्जलिका विभिन्न योजना उद्घाटन गर्न काठमाडौंको पतञ्जलि योठपिठमा आयोजित कार्यक्रममा योगगुरु रामदेवले उपस्थित नेपाली नेताहरूको प्रशंसा गरे ।”

“प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, कृषिमन्त्री महिन्द्रा राय यादव, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा नेता उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतोलगायत”

“कार्यक्रममा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री देउवा, प्रचण्ड, माधव नेपालले पतञ्जलिले गर्ने गैरनाफामूलक कार्यक्रमलाई सहयोग गर्ने बचन दिए । साथै पतञ्जलिले अहिलेसम्म राम्रो गरिरहेको बताए ।”

“कार्यक्रमको सुरुमा बोलेका रामदेवले कार्यक्रम सकिनुअघि फेरि माइक समाते अनि नेपाली नेताहरूको प्रशंसा गर्न थाले । देउवालाई उनले साधु स्वभावको नेता भने ।”

“उनले प्रचण्डलाई कुनै बेला टीभीमा भाषण गर्दै गरेको देखेर आफू छक्क परेको बताए । ‘प्रचण्डले गरेको प्रचण्ड भाषण देखेर म छक्क परेको थिएँ । यो मान्छे खतरा छ भन्ने लागेको थियो । मलाई लाग्दैन थियो, कुनै बेला मेरै छेउमा प्रचण्ड हुने छन्’, उनले भने ।”

तपाईको प्रतिक्रिया