“प्रचण्ड भाषण गर्ने प्रचण्ड,को हृदय कोमल छः बाबा रामदेव”
2021, November 19th, Friday

हाम्रो खबर संबाद दाता

काठमाडौ । दुई वटा टीभी च्यानलसहित पतञ्जलिका विभिन्न योजना उद्घाटन गर्न काठमाडौंको पतञ्जलि योठपिठमा आयोजित कार्यक्रममा योगगुरु रामदेवले उपस्थित नेपाली नेताहरूको प्रशंसा गरे ।”

“प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, कृषिमन्त्री महिन्द्रा राय यादव, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा नेता उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतोलगायत”

“कार्यक्रममा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री देउवा, प्रचण्ड, माधव नेपालले पतञ्जलिले गर्ने गैरनाफामूलक कार्यक्रमलाई सहयोग गर्ने बचन दिए । साथै पतञ्जलिले अहिलेसम्म राम्रो गरिरहेको बताए ।”

“कार्यक्रमको सुरुमा बोलेका रामदेवले कार्यक्रम सकिनुअघि फेरि माइक समाते अनि नेपाली नेताहरूको प्रशंसा गर्न थाले । देउवालाई उनले साधु स्वभावको नेता भने ।”

“उनले प्रचण्डलाई कुनै बेला टीभीमा भाषण गर्दै गरेको देखेर आफू छक्क परेको बताए । ‘प्रचण्डले गरेको प्रचण्ड भाषण देखेर म छक्क परेको थिएँ । यो मान्छे खतरा छ भन्ने लागेको थियो । मलाई लाग्दैन थियो, कुनै बेला मेरै छेउमा प्रचण्ड हुने छन्’, उनले भने ।”

तपाईको प्रतिक्रिया