हाम्रोखबर संवाददाता 335 Views
“काठमाडौं। पत्रकार ऋषि धमला प्रश्न गर्ने शैली र हाउभाउले नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो। हाक्काहाक्की प्रश्न गर्ने र कार्यक्रमलाई कसरी हुन्छ रोचक बनाउनेमा उनको ध्यान हुन्छ।”
“रिपोटर्स क्लब नेपालका सभापति, प्राइम टिभीका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष र रिपोटर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादकका रुपमा क्रियाशील धमला ‘धमलाको हमला’ र ‘जनता जान्न चाहन्छन्’ नामक टक शो बाट नेपाली दर्शक स्रोतामाझ प्रस्तुत भइरहेका छन्।”
“घरबाट बुवाको ५०० चोरेर काठमाण्डौ छिरेका धमलासँग कसरी यति धेरै सम्पति भन्ने कुराको जिज्ञासा हुनु स्वाभाविक नै हो। थुप्रै सञ्चारगृहको मालिकका रुपमा रहेका धमला सम्पत्ति मेहनतले नै कमाएको दाबि गर्छन्। तीन दशक बढीको पत्रकारिता अनुभव संगालिसकेका धमला अझै पनि क्रियाशील रिपोर्टर हुन्।”
“धादिङ्ग जिल्लामा जन्मेका ऋषि सानैबाट चलाख थिए। जे कुरा पनि जोसका साथ गरि हाल्ने धमलाले आफ्नो माध्यमिक पढाइ उनको गृह जिल्लामा नै सकेका थिए। गाउँको पढाइ सकेपछि काठमाण्डौ छिरेका उनले काम गर्दै अध्ययन गरे। पछि उनले आफ्नाे पढाइ बिचमा छोड्नु परेको थियो।”
“विहान पाँच बजेदेखि राति १२ बजेसम्म काम गर्ने धमलासँग अहिले भने एउटा किआ सेल्टोस कार रहेको छ। जसको मूल्य ५२ लाख रहेको छ। उनले तलब भने महिनाको ८० देखि १ लाखसम्म रहेको बताइएको छ। त्यस्तै उनको जम्मा सम्पत्ति भने १५ करोड जति रहेको बताइएको छ।”
“यो कुरा उनले नोभेम्बर ७ , २०२० को ग्ल्यामरगफको एपिसोडमा ऋषि धमलासँग कुरा गर्दै प्रकाश सुबेदीले घरबाट बुवाको ५०० चोरेर काठमाण्डौ छिरेको धमलासँग कसरी यत्रो सम्पति र पहुँचबारे प्रश्न उठाएका थिए। तर ऋषि धमलाले त्यसको उतर मेहनत गर्ने जो कोहिले पनि सम्पत्ति कमाउन सक्छ भन्दै जवाफ दिएका थिए।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)