हिम्मत र तागत छ भने सरकार ढालेर देखाउ, घर भित्र बसेर उफ्रिने होइन!पर्यटन मन्त्री योगेश कुमार भट्टराई ,ताली या गाली?
2020, November 7th, Saturday

admin

ताप्लेजुङ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकार विरुद्धको अविश्वासको प्रस्ताव काल्पनिक कुरामात्रै भएको बताएका छन् । पार्टी नेतृत्वबीच केन्द्रमा विवाद चलिरहँदा गृहजिल्ला ताप्लेजुङमा एक साता बसाइका लागि आएका मन्त्री भट्टराईले पार्टी नफुट्ने दाबी पनि गरे ।

नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास मूलत: विभाजनको इतिहास छ,’ भट्टराईले थपे, ‘पछिल्लो समय त्यो बद्लिएको छ विभाजन सजिलो कुरा हो एकता बडो कठिन कुरा हो । कठिन भए पनि राष्ट्रको आवश्यकताले त्यो कठिन बाटो हिँड्नै पर्छ ।’ एकताको बाटो सुरुआत गर्दा पार्टीलाई जहाँ पुर्‍याउने भनिएको थियो त्यहाँ पुर्‍याउनु पर्नेमा उनको जोड छ ।

विभाजित कम्युनिष्ट पार्टीलाई एक गर्ने पार्टी भएकाले फर्कने पुल भत्किसकेकाले अगाडिको बाटोमा समस्या आए हल गर्दैजानुपर्नेमा उनले जोड दिए । ‘अलिकति बृहत् सहमति कायम गर्दै जानुपर्छ, उनले भने, ‘एउटै मान्छे सधैं अध्यक्ष हुँदैन उसले छोड्नुपर्छ तर एउटा प्रकृयाबाट ।

कम्युनिष्ट पार्टी लोकतान्त्रिक विधिबाटै बनेको पार्टी भएकाले नयाँ अध्यक्ष पनि विधि, पद्धतिबाट आउनु पर्ने उनले बताए । ‘नयाँ नेतृत्व आउन पनि विधि पद्धतिबाट आउनु पर्छ, भएको अध्यक्षले पनि विधि, विधान, पद्धतिबाट पार्टी चलाउनु पर्छ,’ भट्टराईले भने, ‘त्यो भन्दा बाहिर जाने छुट कसैलाई छैन ।’

तपाईको प्रतिक्रिया