“पतञ्‍जलि,लाई ,जग्गा उपलब्ध, गराउने प्रधानमन्त्री, देउवाको घोषणा”
2021, November 19th, Friday

हाम्रोखबर संवाददाता

“काठमाडौं:- “प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।”

“काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन् ।”

“नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने”

“योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे ।”

तपाईको प्रतिक्रिया