“बार परिसरभित्र पसेर, वकिलहरु,लाई ध’म्की दिनेहरु प’क्राउ’
2021, November 19th, Friday

हाम्रोखबर संवाददाता

‘नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।’

‘ढकालर श्रेष्ठले बिहीबार ‘कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए।उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबाेल्न भन्दै धम्की दिएका थिए।उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए।अपशब्द बाेल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए।’

‘ढकाल काठमाडौं’ महानगरपालिका– ६ बाैद्ध र श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका–६मूलपानीका रहेको खुलेकाे प्रहरीले बताएको छ।’

‘काठमाडौं प्रहरी प्रवक्ताएसपी रमेश बस्नेतले पक्राउ परेकामाथिअनुसन्धान भइरहेको बताए। दुवैजना टेकुस्थित परिसरको हिरासतमा छन्। उनीहरुको पृष्ठभूमि र कसको निर्देशनमा बार परिसर छिरेका थिए भन्ने खुलेको छैन।’

‘यसैगरी कानुन व्यवसायीहरुलाई धम्की दिने थप दुई जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रवक्ता एसपी बस्नेतले बताए।उनीहरुमोबाइल अफगरेर सम्पर्कविहीन भएका छन्।”

तपाईको प्रतिक्रिया