हाम्रोखबर संवाददाता 258 Views
“काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभरी एमाले प्रवेशको लहर चलेकोले आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन।”
“लुम्बिनी प्रदेशको बाँकेका केही प्रभावशाली नेतासहितलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले बाँके जिल्ला एमालेको किल्ला बन्ने दाबी गरेका हुन ।”
“ओलीले एमाले एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न अन्य दललाई चेतावनी पनि दिएका छन ।स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका ३ हजार बढी नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेले दाबी गरेको छ ।”
“मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक, नेता चिन्तु बर्मालगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ ।”
“गठबन्धन बिना आए चुनावमा सबै पार्टीको जमानत जफत हुन्छनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्रीको कुर्सीका लागि बीपीको सिद्धान्त बिर्सिएको बताएका छन्।”
“नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस प्रधानमन्त्रीको कुर्सीका लागि प्रचण्डपथमा हिँडेको टिप्पणी गरे।”
“कहाँ छ कांग्रेसमा बीपीको सिद्धान्तरु उसलाई प्रधानमन्त्रीको कुर्सी पायो भइहालेको छ,’ अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेस अहिले चार वटा बैशाखी टेकेर हिडेको छ।”
“चुनावसम्म नै सरकारी गठबन्धनलाई कायम राख्ने कुरालाई संकेत गर्दै ओलीले एमालेसँग एक्लै हिँड्ने कसैको हिम्मत नभएको बताए। ओलीले भने, ‘नेपाली कांग्रेसलाई म सोध्न चाहन्छु– एमालेसँग एक्लै लड्ने दम छरु”
“उनले गठबन्धन बिना आए जुनसुकै पार्टीको जमानत जफत हुने दावी गरे। ओलीले माओवादी कार्यकर्तालाई एमालेमा आउन आह्वानसमेत गरे। उनले देउवाको पंखा हम्काएर बस्ने प्रचण्डको पछाडि लागेर केही नहुने बताए।”
“माओवादीमा लागेका असल कार्यकर्ताहरु अहिले पनि पेटमा गोली लिएर बस्न बाध्य भएको भन्दै ओलीले नेताका छोराछोरी, ज्वाईंले पार्टीमा रजाईँ गरेको आरोप लगाए।”
“ओलीले एमाले अब विवादरहित ढंगले जनताको काम गर्दै अघि बढेको बताए। ‘एमालेमा अब अहंकार भएको मान्छे छैनन्,’ माधव नेपालको नाम नलिएर ओलीले भने, ‘केपी ओलीलाई भेट्दिन भन्ने अनि मुसा बनेर खुर्ररर बुढानिलकण्ठ जाने। यस्तो कुलंगार प्रवृत्ति हटेको छ।’
“ओलीले अदालत लडाइँ, कालोपट्टी, बन्द आन्दोलनको थलो भएको बताउँदै जनताको समस्या नहेर्ने र तलव भत्ता लिने न्यायाधीश हुनु दुःखद् भएको बताए। ओलीले जनताको काम एमाले बाहेक कसैले गर्न नसक्ने भएकाले सबैलाई एमालेमा गोलबद्ध हुन आह्वान गरे।”
“स्वतन्त्र राजनीतिक समूहका पशुपति दयाल मिश्र, गिरिजा पाठक, खजुराका नेता करिम खाँलगायत एमालेमा प्रवेश गरेका छन्।पार्टी प्रवेश गर्दै मिश्र र खाँले एमालेलाई मधेस विरोधी भनेर अनाहकमा आरोप लगाइएको बताए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)