“प्रधानमन्त्री देउवा र अमेरिकी, सहायक विदेशमन्त्री,बीच भेटवार्ता” 
2021, November 18th, Thursday

हाम्रोखबर संवाददाता

“काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री, डोनाल्ड लु बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहीवार भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।”

“भेटमा प्रधानमन्त्री देउवा र लुबीच नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरुत्थान र कोरोनाविरुद्धको खाेपकाे सहयोगलगायतका विषयमा कुराकानी भएको छ ।”

“यस्तै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या समाधानका लागि अमेरिकी सहयोगको अपेक्षा गरिएको पनि बताउनुभएको छ ।”

“प्रधानमन्त्री देउवाले ,उठाएका विषयमा सहमति जनाउँदै अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकाले अहिले उपलब्ध गराइरहेका सहयोगको निरन्तरतासँगै थप सहयोग पनि हुने बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।”

तपाईको प्रतिक्रिया