“गुणस्तरहीन सिमेन्ट, उत्पादन गर्ने ५ वटा सिमेन्ट उद्योग कारबाहीमा (सूचीसहित) [जनहितका लागि सबैले सेयर गरौ]
2021, November 18th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाण्डाै – गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लिमिटेड, सिरहा, युनाइटेड सिमेन्ट प्रालि, धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो ।”

“मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ । सिमेन्टको, गुणस्तर परीक्षणका क्रममा तोकेको, गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्री/वितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो ।”

“त्यस्तै युनाइटेड सिमेन्टको ५३ ग्रेडको सङ्कलित ओपीसी सिमेन्टको नमुनामा, कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३७ र ५३ हुनुपर्नेमा ३५ र ३९ रहेको र यो नमुना नेपाल गुणस्तर ५७२ अनुसार नरहेको भन्दै ५३ ग्रेडको सिमेन्ट बिक्री रोक्का गरी त्यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन, दिएको छ ।”

“साथै जगदम्बा सिमेन्टको, पीपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० रहेको र यो नमुना नेपाल गुणस्तर ३८५ अनुसार नरहेको भन्दै विभागले सिमेन्ट बिक्री रोक्का गरी यो  ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।”

तपाईको प्रतिक्रिया