“ओलीसँग, अध्यक्षमा, जो उठ्छ, उसको, जमानत जफत हुन्छ :लालवावु पण्डित”
2021, November 18th, Thursday

हाम्रोखबर संवाददाता

“नेकपा एमालेका नेता, लालबावु पण्डित ले नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केपी ओलीनै अध्यक्षमा दोहिरिने बताएका छन् ।,

“ओटीभी नेपाल डटकम,को एमाले महाधिवेशन विशेषमा कुराकानी गर्र्दैै नेता पण्डितले यस पटकको महाधिवेशनमा ओली सँग अध्यक्ष पदमा कसैको पनि प्रतिष्पर्धा नहुने बताएका छन् । ओलीनै सर्वसम्मत अध्यक्ष चुनिने उनले बताए ।”

“यदि ओलीलाई सर्वसम्मत, अध्यक्ष बन्न दिन्न भनेर कसैले प्रतिष्पर्धा गर्न खोज्छ भने उसको जमानत जफत हुने पनि पण्डितले जिकिर गरेका छन् । ओली सँग प्रतिष्पर्धी बन्न सक्ने ल्याकतनै अहिले ,अरु कसैमा पनि नरहेको उनले बताए ।”

“म पनि अध्यक्षमा, प्रतिष्पर्धा गर्छु भन्नु क्राइट एरिया एरिया पुगेका जो कोहीको पनि अधिकारको कुरा हो भन्न पाइन्छ, प्रतिस्पर्धा गर्न पनि पाइन्छ तर जित विल्कुल असम्भव छ पण्डितले भनेका छन् । ओली सँग प्रतिष्पर्धा कसैको भयो भने प्रतिष्पर्धानै लजाउँने अवस्था आउँन सक्ने उनले बताए ।”

“हजार सँग सयको ,प्रतिष्पर्धा भयो भने के मज्जा भयो र त्यस्तै हुन सक्छ उनले भनेका छन् । अहिले देशनै दुई धु्रवमा बाँडिएको भन्दै उनले एकातिर एमाले र केपी आली अर्को रित पाँच दलीय गठबन्धन भएकाले ओलीकै नेतृत्वमा एमाले एकतावद्ध भएर अघि वढ्ने बताए ।”

“नेता पण्डीतले एमाले, अध्यक्ष ओलीलाई बाघ र गठबन्धनमा रहेका अरु नेतालाई बाँदर सँग तुलना गरेका छन् । बाँदरहरु मात्रै हुँदा उफ्रीए पनि बाघ आए पछि जसरी भागाभाग गर्छन त्यसै गरि ओलीको अगाडी अरुको हालत त्यस्तै भएको उनले बताए ।”

“एमाले नेता लालवावु पण्डित सँग, ओटीभी नेपाल डटकमले गरेको महाधिवेशन विशेष कुराकानी केहिबेरमा ओटीभी नेपाल डटकमको युटुव च्यानल र फेसबुक पेजमा प्रशारण हुँदैछ ।””

तपाईको प्रतिक्रिया