“विदेशीले नेपालमा, चार अर्ब २० करोड, रुपैयाँ खर्च गर्दा नेपालीले ,विदेशमा १५ अर्बभन्दा, धेरै खर्च देखियो,
2021, November 18th, Thursday

हाम्रोखबर संवाददाता

“काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सेवा आय २३ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तीन महिनामा सेवा आय ११ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा अहिले दोब्बरभन्दा धेरैले बढेर २३ अर्ब ७९ करोड रुपैयाँ परेको हो ।”

“गएको साउन भदौ र असोजमा भ्रमण आय अर्थात् नेपाल आउने विदेशीले चार अर्ब २० करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको तुलनामा एक सय ८३ प्रतिशतले धेरै हो । यस्तै नेपालीले विदेशमा गर्ने खर्च अर्थात भ्रमण व्यय पनि एक सय ८७ प्रतिशत भन्दा धेरैले बढेको छ ।”

“तीन महिनामा नेपालीले १५ अर्ब २६ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये अध्ययनका लागि विदेश जानेहरूले मात्रै आठ अर्ब ९२ करोड रुपैयाँ”

“खर्च गरेका राष्ट्र बैंकले जनाएको छ ।”

तपाईको प्रतिक्रिया