यस्तो बेलामा मैले राजिनामा दिए देश बर्बाद हुन्छ रे? निर्लज्जा!, -गगन थापा
2020, November 6th, Friday

admin

काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिए ‘देश बर्बाद हुने’ बताउनुलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले निर्लज्जताको संज्ञा दिएका छन्।

सांसद थापाले सा’माजिक सञ्जाल मार्फत उपचार नपाएर नागरिक मर्नुपर्ने तथा सुरक्षा नपाएर स्वास्थ्यकर्मीले राजीनामा दिनुपर्ने यो अवस्थामा प्रधानमन्त्रीले आफूले पदबाट राजीनामा दिँदा देश डुब्छ भनेको प्रति आश्चर्य व्यक्त गरेका हुन्।

‘प्रधानमन्त्रीज्यू, पार्टीभित्रको जोडघटाउमा व्यस्त, स्वास्थ्य मन्त्रीज्यू उपचारको शुल्क तोक्नमै मस्त। यस्तै असंवेदनशीलता र विवेकहीनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने,

अनि उपचार पाउन सक्ने बिरामी उपचार नपाएर मर्नुपर्ने अवस्था आएको छ,’ नेता थापाले फेसबुकमा लेखेका छन्, ‘अझ राजीनामा दिए देश डुब्छ रे, निर्लज्जता!’

तपाईको प्रतिक्रिया