“राप्रपा सातै प्रदेश,अधिवेशनमा, थापा र लिङ्देनका’ उम्मेद’वार,बीच भि’ड’न्त,
2021, November 17th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं। राप्रपाले आइतबार सतवटै प्रदेशमा प्रदेश अधिवेशन गर्दै छ । सातवटै प्रदेशमा पार्टी अध्यक्ष कमल थापा र अर्का युवानेता’ सांसद राजेन्द्र लिङ्देनका उम्मेदवारहरु बिच क’डा प्रतिस्पर्धा’ हुदैँ छ।”

“जसअनुसार प्रदेश १ मा अध्यक्षका’ लागि थापा र लिङ्देनका उम्मेदबारबीच क’डा प्रतिस्पर्धा हुँदै छ । आज हुने निर्वाचनका लागि थापाका’ उम्मेदवार राम थापा र लिङ्देनका उम्मेदवार’ भक्ति सिटौला हुन् । अन्तिम समयमा अर्का’ उम्मेदवार विश्वमोहन’ थापाले भक्ती सिटौलालाई समर्थन गरेका छन। प्रदेश २ मा युवा पुस्ताका उम्मेदवार भरत गिरी हुन् भने राणा र लोहनीका उम्मेदवार क्रमशः रामचन्द्र’ राय र भोला’ साह हुन् । प्रदेश २ मा थापाका’ उम्मेदवार स्पष्ट छैनन् ।”

“बाग्मती प्रदेशमा थापाका’ उम्मेदवार विक्रम थापा हुन् भने लिङ्देन र अन्य नेताको उम्मेदवार अहिलेसम्म टुंगो लाग्न सकेको छैन । गण्डकी’ प्रदेशमा दोस्रो पुस्ताबाट हेमजंग गुरुङ उम्मेदवार हुन् भने अध्यक्ष थापाका तर्फबाट नीलकण्ठ काफ्ले र राजेन्द्र अधिकारी’ दाबेदार छन् । अर्का नेता भीमप्रसाद’ गौचनपनि’ उम्मेदवार हुने बताइएको छ। उनी राणा’ नि’क’ट’ मानिन्छन।”

“लुम्बिनी प्रदेशमा दीपक बोहोराका उम्मेदवार प्रदीप उदय र धवलशमशेरका उम्मेदवार ऋषिराज देवकोटा हुन् । उदयलाई थापाको समर्थन’ छ भने देवकोटालाई लिङ्देनको समर्थन छ । कर्णालीमा मुकुन्दश्याम गिरी आकांक्षी हुन् भने राणाका’ उम्मेदवार दीपबहादुर शाही हुन् । त्यहाँ थापाका उम्मेदवार छैनन् ”

“सुदूरपश्चिममा नयाँ’ पुस्ताबाट धर्मराज’ जोशी उम्मेदवार हुन् भने उनलाई राणा र लोहनीको’ पनि समर्थन देखिएको छ । अन्तिम समयमा अर्का उम्मेदवार गणेश चन्दले पनि जोशीलाइ समर्थन गरेका कारण जोशी निर्बिरोध निर्वाचित हुने’ राप्रपा’नेता श्याम शाहीले जानकारी’ दिएका छन।”

तपाईको प्रतिक्रिया