“अमेरिकी सहायक, विदेशमन्त्री, डोनाल्ड लु ३ दिने नेपाल भ्रमणका, लागि आज ,काठमाण्डौ आउँदै”
2021, November 17th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाण्डाै – दक्षिण तथा म,ध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीन दिने नेपाल भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, कार्यान्वयन अघि बढ्न नसकेको एमसीसी सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले, जनाएको छ ।

“पछिल्लो समय नेपाल–अमेरिका सम्बन्धमा एमसीसी सम्झौता पेचिलो विषय बनेको छ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता नेपालको संसदबाट अनुमोदन नहुँदा ,अमेरिकाले असन्तुष्टि जनाएको छ ।

“अमेरिकी सहायक, विदेशमन्त्री लुले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।”

“यस्तै, उहाँले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।”

तपाईको प्रतिक्रिया