“नेपाल् मा पनि, इ -पासपोर्ट सुरु,पहिलो, ई-पासपोर्ट सत्यमोहन, जोशी,लाई
2021, November 17th, Wednesday

हाम्रोखबर संवाददाता

काठमाडौं “सरकारले बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।”

“ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले बुधबार दिउँसो २ बजे गर्दै छन् । सोही कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइने परराष्ट्रमन्त्री खड्काका निजी सचिव कृष्णप्रसाद सुवेदीले रातोपाटीलाई जानकारी दिए ।”

“उनले भने, ‘ई पासपोर्ट वान सत्यमोहन जोशीको नाममा तयार भएको छ । आज नै उहाँलाई दिइने छ । यहाँलाई कार्यक्रममा ल्याउने सबै व्यवस्था पनि मिलाइसकेका छौं।’

“यस्तै २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालको भनाइ छ । गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो ।”

“गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।”

तपाईको प्रतिक्रिया