“बन्दकर्ताले ललितपुरमा, साझा बसमा, तो’डफो’ड गरे”
2021, November 16th, Tuesday

हाम्रो खबर संबाद दाता

“बन्दकर्ताले ललितपुरमा, साझा बसमा तो’डफो’ड ग’रे’का छन् । ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तो डफो ड गरेका हुन् ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरका अनुसार बसमा सामान्य क्षति पुगेको छ । नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेपनि काठमाण्डु उपत्यकामा, भने बन्दको प्रभाव सामान्य मात्रै देखिएको छ ।

पेट्रोलियम पदार्थसहि,तका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज, गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको थियो

सार्वजनिक सवारीहरू, कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने देशका विभिन्न स्थानबाट बन्दकर्ता पक्राउ परेका छन् ।

बन्द गराउन खोज्ने, केहीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठोरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया