“एमाले सिद्धिन्छ, माओवादी, अब २०६४ सालको पार्टीमा रुपान्तरण, हुन्छ : देवेन्द्र पौडेल”
2021, November 16th, Tuesday

हाम्रो खबर संबाद दाता

“शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले माओवादीले एमालेलाई विस्थापित गराउने बताएकाछन्।”

“नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा आइतबार बोल्दै उनले एमालेले देशको नेतृत्व गर्न नसक्ने प्रमाणित भएकोले जनताले विकल्पमा माओवादी रोज्ने बताए।”

“उनले भने, ‘अब नेकपा एमालेले देशको नेतृत्व गर्न नसक्ने भन्दै देशको प्रभावशाली पार्टीको रुपमा माओवादी स्थापित हुन्छ ।’

“देश माओवादीको एजेण्डामा चलेको बताउँदै आफूहरुले स्थापित गरेका विचारलाई तल्लो तहसम्म पुर्याउन कार्यकर्तालाई उनले आग्रह गरे ।”

“२०६४ सालको जस्तो माओवादी बनाउने संकल्प गरेकाले पार्टीले भरर्खरै ३२ वटा विभाग गठन गरी काम थालनी भएको बताए ।माओवादीमा नेतृत्वकोमा समस्या नरहेको भन्दै देश र जनतालाई गद्धारी हुने काम पार्टीले नगरेको दाबी गरे ।”

“निर्वाचन क्षेत्रका जनताको अपेक्षा मन्त्री भएपछि बढेको बताउँदै विद्यालयको पूर्वाधार निर्माण, शिक्षक दरबन्दी, पुल, मोटरबाटो लगायका योजना आफ्नो प्राथमिकतामा परेको उनको भनाइ छ ।”

तपाईको प्रतिक्रिया