“कञ्चनपुरमा, १६३ तोला सुन र १० देशका, लाखौं, मुद्रा बरामद, कहाँ भएको, थियो चोरी”
2021, November 16th, Tuesday

हाम्रो खबर संबाद दाता

“धनगढी: कञ्चनपुरमा भारतबाट चोरी भएको १६३ तोला सुन र लाखौं रकमसहित २ जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ की अन्दाजी ३८ वर्षीया बिस्नु शाही रहेका छन्।”

“भारतको बेङ्गोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ।”

“लालचन्द्रको घरमा छापा मार्दा सुनका गरगहना, बिदेशी मुद्रा, पत्थर र ४ थान ल्यापटप बरामद गरेको गणले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएका छ्न”

उनीहरुका साथबाट बरामद भएका गहना र सामान निम्न छन्:
भारतीय रु: ‍ ४३९००
हङकङ डलर; ‍ ४०
थाईल्याण्ड भाट:  १२६०
युएसए:  १००५
क्यानडियन डलर; २८१०
मलेसियन रिङ्गिट;  २३
सिङ्गापुर डलर  १८
कतार रियाल  १
दुबई दिराम:  १३०
चाईना युवान;  १६
सुन जस्तो देखिने पहेलो भातु बिना पत्थर: ३७ तोला ११ आना
सुन जस्तो देखिने पहेलो भातु पत्थरसहित: १२६ तोला २ आना
पत्थर: १९९८ ग्राम
ल्पाटप: ४  थान

तपाईको प्रतिक्रिया