हाम्रोखबर संवाददाता 564 Views
“काठमाडौ। बेलायतबा,ट फर्कँदा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिन्जेलसम्म कार्यवाहक प्रधानमन्त्री भनेर प्रचार गरिएका गृहमन्त्री बालकृष्ण खाँडलाई झपारेको पाइएको छ।
कात्तिक १८ गते विहान, प्रधानमन्त्री देउवाले विमानबाट उत्रनासाथ आफूलाई स्वागत गर्न पुगेका गृहमन्त्री बालकृष्ण खाँडमाथि कार्यवाहक प्रधानमन्त्री भन्दै दशतिर किन घुमेको? कस्ले घुम्नु, भन्यो? त्यो डडेल्घुरा किन गएको ?
भन्दै भेट्नासाथ आ,क्रो,श पोखेका थिए। बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री देउवासँग सल्लाह नगरी कार्यवाहक प्रधानमन्त्री भन्दै भनाउँदै गृहमन्त्री बालकृष्ण खाँड देउवा नभएको मौकामा देश दौडाहामा निस्किएका थिए।
काठमाडौंको, पशुपतिनाथमा पूजा अर्चनादेखि डडेल्घुरा, पोखरा, लुम्बिनीलगायतका ठाउँहरुमा पार्टीस्तरीय कार्यक्रमहरु गर्दै खाँडले देउवाको अनुपस्थितिका दिनहरु विताएका थिए।
“पदमा अर्को व्यक्ति वहाल रहेकै अवस्थामा कुनै दोस्रो व्यक्तिलाई कार्यवाहक प्रधानमन्त्री भन्न वा लेख्न पाइने संबैधानिक व्यबस्था नभएकोमा गृहमन्त्री खाँडले अफूलाई देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री भन्दै प्रचार गराएका थिए। ,यो कुराले देउवाको चित्त नबुझेको स्रोतको दावी छ
प्रधानमन्त्री देउवाले विमानबाट उत्रनासाथ आफूलाई स्वागत गर्न पुगेका गृहमन्त्री बालकृष्ण खाँडमाथि कार्यवाहक प्रधानमन्त्री भन्दै दशतिर किन घुमेको? कस्ले घुम्नु भन्यो? त्यो डडेल्घुरा किन गएको? भन्दै भेट्नासाथ आक्रोश पोखेका थिए।,
त्यसमाथि पनि नेपाली कांग्रेसको महाधिवेशनको सम्मुखमा राज्यको स्रोत साधन र संयन्त्रको दुरुपयोग गर्दै देश दौडाहामा निस्केर आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको अर्थमा पनि खाडको गतिविधि,लाई देउवाले बुझेका थिए। खाँड आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने प्रयासमा छन्
र देउवानिकटका अरु नेताहरु पनि सोही पदका आकांक्षी छन्। आफ्नो समूहभित्र तालमेल मिलाउन नसकिरहेको अवस्थामा खाँडले आफूलाई जानकारी नै नदिई जिल्ला जिल्ला दौडाहामा गएकोमा, देउवाले एयरपार्टमै असन्तुष्टि पोखेका हुन्।
त्यसो त खाँडले प्रधानमन्त्री,को हैसियतले लुम्बिनीमा राष्ट्रपति सहभागी भएको कार्यक्रममा समेत सहभागिता जनाएको र त्यहाँ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई अपमानित गरेको कुराको रिपोर्ट पनि लण्डनमा हुँदै देउवालाई गरिएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले, कात्तिक १४ गते लुम्बिनीमा एउटा बहुमूल्य बुद्धको मूर्ति अनावरण गरेकी थिइन्। स्पेनको लुम्बिनी गार्डेन फाउण्डेन नामक संस्थाले म्यान्मारमा बनाएको ह्वाइट जेड नामक अति महंगो पत्थरबाट निर्माण गर्न लगाई लुम्बिनीमा स्थापना गरेको सो बुद्ध मूर्ति अनावरण कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन।
स्पेनका सभामुखसहितका केही सांसदहरुसमेत सहभागी भएको सो कार्यक्रममा प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँड अचानक लुम्बिनी पुगेका थिए। त्यसपछि प्रोटोकल मिलाउ,न आयोजकहरुलाई मुस्किल परेको थियो।
राष्ट्रपतिलाई आसन ग्रहण गराइसकेपछि कार्यवाहक प्रधानमन्त्री भन्दै खाँडलाई आसन ग्रहण गर्न दवाव दिइएको थियो जव कि प्रोटोकलमा मन्त्रीभन्दा माथि रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई मन्चमा आसन ग्रहण गराउने ,कार्यक्रम तय भइसकेको थियो।
तर, आयोजक अलमल परेर कार्यवाहक प्रधानमन्त्री भन्दै खांडलाई पहिला मन्चमा आसन ग्रहण गराए। यसले अध्यक्ष तिमिल्सिनाको प्रोटोकल मिचियो र तिमिल्सिनासहित एमालेको समूहले अपमानसमेत महसुस गरेको बताइएको छ।
यो कुरा पनि देउवालाई लण्ड,नमै सुनाइएको थियो। यी विविध कारण मिसिएकाले प्रधानमन्त्री देउवा वेलायतबाट उड्नुअघि नै खांडसंग असन्तुष्ट थिए। त्यही असन्तुष्टि विमानास्थलमा ओर्लनासाथ पोखिएको थियो।
तेस्तै, पाँच दलीय सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विशेष जिम्मेवारी दिएको छ ।उनको नेतृत्वमा ११ सदस्यीय राजनीतिक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरेको हो। धेरैले पौडेललाई दोश्रो प्रधानमन्त्री भनेर विश्लेषण गरेका छन्।
नेकपा माओवादी केन्द्रका ,नेता नारायणकाजी श्रेष्ठका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहनेछन्। मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन्।
संयन्त्रका पदेन सदस्य नरहे, पनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने श्रेष्ठले बताए। पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन्
बैठकमा सहभागी नेताका अनुसार संयन्त्रमा नेपाली काँग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ,
नेकपा (एकीकृत समाजवादी,) को तर्फबाट माधव नेपाल र नाम दिन बाँकी एक जना रहने छन्। त्यस्तै, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र नाम दिन बाँकी एक जना सदस्य रहनेछन्।संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ।,
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)