अब बालुवाटारमा वार्ताका लागि धाउनुको कुनै औचित्य रहेन! नेकपा अध्यक्ष -प्रचण्ड
2020, November 6th, Friday

admin

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रच’ण्डबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताएका हुन्।

ओलिसँगको छलफलपछि बाहि’रिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका थिए ।

दाहालसँगको कुराकानीपछि एक ने’ताले बाह्रखरीसँग कुरा गर्दै भने, “उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ ।” पार्टीभित्र देखिएको सं’कट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छल’फलमा बसे’का थिए । तर कुनै निष्कर्ष निस्कन नस’केको एक नेताले जानकारी दिए ।

उनकाअनुसार भेटमा प्रचण्डले बुधबार ओ’ली समूहले प्रदेश एकस्तरीय भर्चुअल बैठक राखेको विषयमा आपत्ति प्रकट गरेका थिए । आजको बैठकमा दा’हालले सचिवालय बैठकको लागि आग्रह गरेको भए पनि ओलीले त्यसलाई अ’स्वीकार गरेका थिए ।

“बैठक राखौं । लागेका कुरा बैठकमै भन्नुहोला भनेर उहाँले आग्रह गर्नुभएको छ तर उहाँले कुनै जवाफ दिनुभएको छैन,” स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया