“सरकारी, तलब खाने, सबैका छोराछोरी,सरकारी विद्यालयमा,अनिवार्य,भर्ना हुनुपर्ने”
2021, November 15th, Monday

हाम्रो खबर संबाद दाता

“काठमान्डौ“-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारी सेवा सुविधा र जागिरमा रहनेसबैका छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेको छ ”

“अनेरा स्ववियुले आगामी बजेटका सन्दर्भमाशिक्षा क्षेत्रमा समेटिनु पर्ने विषयहरूलाई सुझावका रुपमा पेश गर्दै शिक्षा,स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले गरेको व्यवस्था कार्यन्वयनमा यस वर्षको बजेट आधार वर्षे बन्नुपर्ने बताएको छ ।”

“अर्थ मन्त्री विष्णु पौडेललाई भेटेर अनेरास्ववियुका अध्यक्ष ऐनमहरसहितका नेताहरूले बजेट जनमूखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेका छन् ।”

“आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरिएको अनेरास्ववियुका कार्यालय सदस्य समिक बडालले बताए ।”

तपाईको प्रतिक्रिया