हाम्रोखबर संवाददाता 322 Views
“मोडल तथा नायिका मलिका महत चलचित्र ‘सत्यम्’बाट बाहिरिएकी छन् ।यो चलचिको तिहार अगाडि वर्कसप भएको थियो । मलिकाले पढाइ सुरु भएको कारण देखाउँदै यो चलचित्र छाडेकी जनाइएको छ ।”
“वर्कसपमा अभिनेता राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, नायिका मलिका महत लगायत सहभागी भएका थिए ।छायांकनको अन्तिम चरणमा रहेको बेलामा मलिकाले यो चलचित्र छाडेकी छन् ।चलचित्रलाई निर्देशन भने निर्देशक शंकर कार्कीले गर्ने छन् ।चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्न लागेका हुन् ।”
“यो पनि –फिल्म होस् वा गीत-संगीत, गतिलो प्रचार-प्रसार गरिएन भने चल्दैन । यसका लागि निर्माताहरुले आफ्ना सामाग्रीलाई दर्शकसम्म पुर्याउन मिडियाको साहरा लिने गर्दछन् । जसका लागि पत्रकार सम्मेलनको आयोजना गरिन्छ । केही वर्ष अगाडिसम्म फिल्मका मात्र पत्रकार सम्मेलन हुन्थे ।”
“अचेल फिल्मभन्दा ज्यादा म्यूजिक भिडियोको सार्वजनिक गर्न पत्रकार सम्मेलन हुने गरेको पाइन्छ ।तर, पत्रकार सम्मेलनमा पत्रकारलाई प्रवेश नै गर्न नदिइ अपमान गरेको घटना भने आजसम्म भएको र देखिएको थिएन । शनिवार अभिनेता पल शाह अभिनीत एक गीतको म्यूजिक भिडियोको सार्वजनिक कार्यक्रममा यस्तै भयो ।”
“सोल्टीमोडस्थित पाँचतारे होटल हायत प्लेसमा म्यूजिक भिडियो सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पल शाह पनि उपस्थित हुँदै थिए ।गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको बारेमा आएको खबरपछि पल पहिलो सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेको कुराले हायत प्लेस होटलमा सञ्चारकर्मीहरुको भीड लागेको थियो ।”
“तर, पलका नजिकका मानिने केही सञ्चारकर्मीबाहेक उक्त कार्यक्रममा अरुले प्रवेश पाएनन् । होटलको गेटमा बसेका गार्डले निमन्त्रणा कार्डविना प्रवेश गर्न नमिल्ने भन्दै फिर्ता पठाइदिए ।पलले गीतको निर्माण टिमलाई आफ्नो बारेमा नराम्रो नलेख्ने र आफू अनुकूल प्रश्न गर्नेलाई मात्र कार्यक्रममा बोलाउन”
“पत्रकारहरुको नामलिस्ट नै दिएको र सोही अनुरुप गीतको टिमले सीमित पत्रकारलाई मात्र निमन्त्रणा कार्ड पठाएको बुझिएको छ । तर, पलको अनुहार खिच्न निमन्त्रणा कार्ड नभए पनि केही सञ्चारकर्मीहरु होटलसम्म पुगेका थिए । तर, होटलको गेटबाट भित्र छिर्न पाएनन् ।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)