“पेट्रोलि’यम, पदार्थ’को मूल्य, नघट्ने,अझै बढाउने निगम’को संकेत”निगम भन्छ’‘अनुदान नदिए आईओसी’लाई भुक्तानी गर्न’ सक्दैनौं”
2021, November 15th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं “नेपाल आयल निगमले अहिलेकै, मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई  भुक्तानी गर्न ,नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अ,र्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले घाटा कम गर्न सरकारले अनुदान नदिए मूल्य समायोजन,को विकल्प, नरहेको स्पष्ट पारेको छ ।”

“पेट्रोलियम पदार्थको मूल्य, वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुसँग सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश ,भट्टराईको संयोजकत्वमा छलफल भएको थियो । छलफलमा निगमले तथ्याङ्क प्रस्तुत गर्दै घाटा थेग्न सक्ने ,अवस्था नरहेको स्पष्ट पारेको छ ।”

“सचिवज्यूको आह्वानमा, भएको छलफलमा ८ वटै विद्यार्थी संगठनको सहभागिता ,थियो । उनीहरुको एक सूत्रीय माग नै बढेको मूल्य खारेज हुनुपर्ने थियो’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले, भने, ‘हामीले अहिलेको अवस्थामा नोक्सानी,को यथार्थ विवरण प्रस्तुत गऱ्यौँ । आइओसीलाई पैसा तिर्न, सरकारबाट अनुदान वा ऋण लिनु पर्ने अवस्था आइसकेको छ ।”

“निगमले अझै मूल्य बढ्ने संकेत,, समेत गरेको छ । उपाध्यायले भने ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छैन, उस्तै छ । भारतबाट नयाँ मूल्य,सूची भोलि आउँछ, बढेरै आउने अनुमान छ । त्यसपछि फेरि समायोजनको निर्णय गर्छौं ।’ छलफलका क्रममा वाणिज्य सचिव भट्टराईले बजार मूल्य बढ्न नदिने र, निगमलाई घाटाबाट बचाउन पनि थप गृहकार्य भइरहेको आश्वासन दिए ।”

“उनले प्रधानमन्त्री र मुख्यसचिव,सँग छलफल गरेर निर्णय गरिने बताएका थिए । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १७.५८ रुपैयाँ, डिजेलमा, १३.१४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ घाटा भइरहेको छ । पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउँदा बढाउनुपर्ने बाध्यता रहेको निगमले बताउँदै आएको ,छ ।”

“अन्तर्राष्ट्रिय बजारमा,इन्धनको मूल्य बढिरहदा यहाँ कर घटाएर उपभोक्तालाई केही राहत दिन सकिने भए पनि सरकारले चासो दिएको छैन । निगमको तथ्यांकअनुसार आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ ।”

“त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम, बिक्रेता मुनाफा ५.३२ रुपैयाँ प्रतिलिटर जोडिन्छ । यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३. ७७, पेट्रोलियम बिक्रेता मुनाफा स्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च रहँदै आएको छ ।”

तपाईको प्रतिक्रिया