हाम्रोखबर संवाददाता 226 Views
“विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपालमा राजसंस्थालाई कमजोर आँक्न नमिल्ने बताएका छन्। मिश्रले राजसंस्था अहिले निस्क्रिय जस्तो देखिए पनि कमजोर नभएको बताएका हुन्।”
“मिश्रले भने, ‘सुरक्षा चिन्ताको जब विषय आउँछ, राष्ट्रिय हितको जब कुरा आउँछ, जब राष्ट्रिय स्वाभिमान र स्वाधीनताको विषय आउँछ मैले भनेकै हो नेपालको राजसंस्था बलियो संस्था थियो। नेपालको राजसंस्था नारायणहिटीबाट ढालियो तर निर्मल निवासमा अझै पनि निस्क्रिय शक्तिको रुपमा बसेको छ।”
“लोकतन्त्रमा राजसंस्थावादी पनि हुन पाउनु पर्ने मिश्रको भनाइ थियो। उनले भने, ‘म वैचारिकरुपमा राजसंस्थावादी होइन तर यो देशमा कोही ह’त्याराहरूको पछि लागेर ‘ह’त्यावादी’ हुन हुने, देश दोहनकारीहरूको पछि लागेर ‘देशदोहन-वादी’ हुन हुने तर कोही ‘राजसंस्थावादी’ हुने वित्तिकै ऊ पश्चगामी हुने?”
“विवेकशील साझा पार्टीले हालै अङ्गीकार गरेको आफ्नो दस्ताबेज “मार्ग परिवर्तनस् विचारभन्दा माथि देश” का अन्तरवस्तुबारे जनस्तरबाट व्यक्त चासो र सरोकारबारे प्रस्ट्याउँदै उनले आफू अहिले संघियताको खारेजी र धर्म निरपेक्षतामा जनमतसंग्रहको एजेण्डामा रहेको स्पष्ट पारेका थिए।”
“आफूले अहिले नै राजसंस्थाको पुनस्थापनाको कुरा नगरेको तर देशव्यापी जनभावना हेर्दा राजसंस्था प्रति जनताको अझै विश्वास रहेको मिश्रको भनाइ छ। तथ्य परिवर्तन भएपछी विचार परिवर्तन हुने भन्दै मिश्रले जनताको चाहना राजसंस्था पुनस्थापना भयो भने त्यतिबेला आफूले पनि त्यसलाई सम्मान गर्ने बताए।”
“म कुनै दिन राजावादी बन्न सक्छु कसैले पश्चगामी भनेर फरक पर्दैन’ रविन्द्र मिश्र बैकल्पिक पार्टी भन्न नछाड्ने तर अन्य पार्टीको भन्दा हालत खराब फुटेको औपचारिकता मात्र बाँकि रहेको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफु जुनसुकै बेला पनि बदलिन सक्ने बताएका छन।”
“एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा उनले भने, ‘देशमा राजसंस्था चाहिन्छ कि चाहिदैन भनेर तपाई र मैले यहाँ टेलिभिजनमा अन्तर्वार्ता लिएर वा दिएर राजसंस्था आउँने वा जाने होइन र जनताको भावना आम रुपमा बदलियो भने, म पनि बदलिन्छु, कसैले मलाई पश्चगामी भने केहि पनि फरक पर्दैन।’ उनले आफु बदलिन्छु भन्नुको अर्थ आफु कुनै दिन राजा ल्याउँने पक्षमा पनि पुग्न सक्ने बताएका छन।”
“त्यसैमा उनले थपे, ‘मेरो दृष्टिकोणा के हो भने, जस्तो संघियताको बारेमा मैले निर्णय लिदा खेरि आम जनतामा शान्ति, अमन, चयन स्थिरता देखेको भए म यो विषय नै उठाँउदिन थिए।”
“केही महिना अघिमात्र उनले संघियता खारेज र धर्मनिरपेक्षबारे जनमत संग्रह गर्नुपर्ने दस्तावेज निकालेका थिए। सोहि दस्तावेजलाई गत साता बिहीबार भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई तिहाइ भन्दा बढी मतले पारित गरेको थियो।”
“संघियता र धर्मनिरपेक्षको बिरुद्ध लडने विवेकशील साझा पार्टीको निर्णय विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनस् विचार भन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको छ। बिहीबार भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई-तिहाइभन्दा बढी मतले उक्त दस्तावेज पारित भएको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।”
“मिश्रले केही दिनअघि स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए। उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्य मध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)