सर्वोच्चमा अदालतमा तोकियो सबैखाले मु’द्दामा पेसी,,,
2021, November 15th, Monday

admin

काठमाडौँ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । दश वटा इ¥जलासमा पेसी तोक्नुभएका उहाँले आफ्ना लागि भने पूर्ण एकल इज¥लासमा पेसी तोक्नुभएको छ ।

आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन ।यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आ¥रोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग

गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आउनुभएको छ । यही कारण सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन नसके पनि बीच¥बीचमा बन्दीको मु¥द्दामा मात्र सुनुवाइ हुँदै आएको छ। प्रधानन्या¥याधीश राणाले आफूलाई संविधान र का”नूनले प्रधानन्यायाधीशका रूपमा

जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ । अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । (रासस)

तपाईको प्रतिक्रिया