“तिलिचो ताल, घुम्न गएका, भक्तपुर बस्ने २३ वर्षीय” प्रवीणको लेक लागेर मृ,त्यु”
2021, November 15th, Monday

हाम्रो खबर संबाद दाता

“लमजुङ – हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर, मृ,त्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका(८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृ,त्यु भएको प्रहरीले जनाएको छ ।”

“मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो ।”

“लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए । तिलिचो ताल ९४,९१९ मिटर० भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।”

“मनाङका डीएसपी ,सुवास खड्काका अनुसार हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारको क्रममा थापाको मृ,त्यु भएको हो “

तपाईको प्रतिक्रिया