“ओखलढुङ्गामा तीर्थयात्री, बाेकेकाे बोलेरो, दुर्घटना : ३ जनाको मृ’त्यु, १३ घाइते’
2021, November 15th, Monday

हाम्रो खबर संबाद दाता

“ओखलढुङ्गा । ओखलढुंगाकाे सुनकोशी गाउँपालिकामा तीर्थयात्री बाेकेकाे बाेलेराे जिप दुर्घटना हुँदा तीन जनाको मृ,त्यु भएको छ। प्रहरीका अनुसार चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको प्रदेश ३-१०२२-च ९६९४ नम्बरको बोलेरो ‘दुर्घटनामा परेको हो ।”

“दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ४ को अवस्था ग’म्भी’र रहेकाले उनीहरुको उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौं लगिँदै गरिएको ओखलढुङ्गा प्रहरीले ‘जनाएको छ ।”

“जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृ’त्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर’ र उमेर नखुलेका’ खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको’ पहिचान हुन सकेको छैन ।”

“प्रहरी प्रमुख काफ्लेले’ बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको’ बताउनुभयो । बोलेरो सोमबार बिहान करिब साढे ७ बजेतिर सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै दु’र्घटनामा परेको थियो ।”

“दुर्घटनाका ग,म्भी,र घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले’ जानकारीदिनुभयो । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घा’इतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।”

“जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा’ पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका’ स्थानबाट भक्तजन आउने गरेका छन् ।”

तपाईको प्रतिक्रिया