“हलेसी महादेवको, उत्पत्तीको अलौकिक रहस्य यस्तो रहेछ!ॐ ॐ पूरा पढेर सेयर गर्नुहोसॐॐ हलेसी महादेव ले सबै को चिताएको पुरा गरून्।।
2021, November 15th, Monday

हाम्रोखबर संवाददाता

“नेपालको राजधानी काठमाण्डुदेखि करिब ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ ।”

“उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शङ्कर र अन्य देवीदेवताको अवस्थितिले सबैलाई अचम्भित बनाइदिन्छ । हलेसी गुफालाई अर्ध चन्द्राकार गरी घेरेर खोटाङ र ओखलढुङ्गाको सिमाना हुँदै बगेकी दूधकोसी नदी”

“महापुराणमा उल्लिखित कौशिकी नदीको एक हुने ।दूधकोसीको पवित्र जलमा स्नान गरेर हलेसीको दर्शन गर्नाले यस लोकमा सुख, समृद्धि पाई परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ भन्ने भनाइ छ ।”

“स्थानीयवासीका भनाइअनुसार उहिले सत्ययुगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु, घोरल, मृग, जरायो, कालिज, तित्रा,इत्यादि पशुपक्षी प्रशस्त मात्रामा पाइने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानीयवासी किराँत जातका मानिसले नै सिकार, गर्ने र जीवजन्तु मार्ने काम गर्दथे ।”

तपाईको प्रतिक्रिया