ओलि सरकार विरुद्ध अबिस्वासको प्रस्ताव ल्याए ,असफल पार्नेछु! :प्रधानमन्त्री केपि ओलि
2020, November 5th, Thursday

admin

काठमाण्डौं कार्तिक २०। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरुद्ध संसदीय दलमा अविस्वासको प्रस्ताव ल्याउने चलखेल भईरहेको दाबी गर्दै त्यसलाई सामना गरेर चकनाचुर पार्ने दाबी गरेका छन् ।

ओलीले कुनै पनि अविस्वास प्रस्तावलाई असफल पार्ने पनि दाबी गरे ।आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट अविस्वासको प्रस्तावको कुरा आएको दाबी गरे ।
आज दिउसो मात्रै पार्टी अध्यक्ष प्रचण्डले आफुहरुले राजीनामाको कुरा नगरेको भन्दै राजीनामा मागेको बिषयमा ओलीले गरेको चर्चाप्रति आपत्ति जनाए ।

प्रचण्ड र माधव नेपाल पक्षले संसदीय दलमा अविस्वासको प्रस्ताव ल्याउन सक्ने ओलीको आशंका छ । आज प्रचण्ड र माधव नेपालले कोटेस्वरमा कानुन व्यवशायीसगँ परामर्श गरेका आधारमा ओलीले आशंका गरेको अनुमान नेताहरुले गरेका छन् ।

यही आशंकामा ओलीले यस अघि वालुवाटारमा बोलाएर सांसदहरुलाई आफ्नो पक्षमा हस्ताक्षर अभियान नै चलाए पछि पार्टी भित्र विवादको रुप लिएको थियो । आजै प्रचण्ड र ओलीबीच भएको छलफलमा सहमति नभएको अवस्थामा ओलीको पछिल्लो अभिव्यक्तिले नेकपा थप संकट तर्फ अघि बढेको देखिएको छ ।

तपाईको प्रतिक्रिया