“अस्ट्रियामा खोप नलगाएका, व्यक्तिहरु,लाई, लक्षित, गर्दै लकडाउन”
2021, November 15th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाण्डाै –  अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो ।”

“यो घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न नपाउने बीबीसीले जनाएको छ”।

“खोप नलगाएका व्यक्तिले प्रतिबन्धको पालना नगरे जरिबाना हुनेछ । खोप लगाए नलगाएका व्यक्तिहरुको सुरक्षा जाँच प्रहरीले गर्नेछ । प्रहरी नागरिकले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा खटिने छ । लकडाउन सुरुमा १० दिनसम्म रहनेछ ।”

“झण्डै ९० लाख जनसङ्ख्या रहेको यो देशमा लकडाउनबाट बीस लाख नागरिक  प्रभावित हुने खबरमा उल्लेख गरिएको छ ।  अस्ट्रियामा कुल जनसङ्ख्याको झण्डै ६५ प्रतिशतले मात्र पूर्णरूपमा खोप लगाएका छन् । पछिल्लो समय त्यहाँ सङ्क्रमण फैलिएसँगै अस्पतालमा बिरामीको भीड बढेको छ ।”

तपाईको प्रतिक्रिया