admin 483 Views
एजेन्सी । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । यस पटक जो बाइडेनले ७ करोड २० लाख (५०.४ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् ।
याे सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मत भन्दा पनि बढी हाे। त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए ।
केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् ।
बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख(४७.९ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् । अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको छ ।
लोकप्रिय मत बढी पाउँदैमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कठिन छ भन्ने कुरा सन् २०१६ को चुनावले देखाएको छ ।ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि पर्दै पराजित भएकी थिइन् । यस पटक अमेरिकी चुनावको इतिहासमै सबैभन्दा बढी मत खसेको पनि बताइएको छ । त्यस्तै सन् २००८ मा भन्दा यस पटक अमेरिकाको जनसंख्या पनि बढेको छ ।
सन् २००८ मा ३० करोड ४० लाख रहेको अमेरिकाको जनसंख्या सन् २०२० मा ३३ करोड पुगेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यस पटक करिब १६ करोड अमेरिकी नागरिकले मतदान गरेको बताइएको छ । जसअनुसार मतदान गर्न योग्य अमेरिकी नागरिकमध्ये ६७ प्रतिशत यस पटक मतदानमा सहभागी भएका छन् । यसअघि सन् १९०८ मा ६५ प्रतिशत मत खसेको थियो ।
ताजा अवस्थामा डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् । ट्रम्प भने २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन् । पेन्सिलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया, अलास्का र नेभादामा मतगणना जारी नै रहेको छ । यीमध्ये केही राज्यलाई ‘ब्याटलग्राउन्ड’ राज्य मानिएको छ ।
नेभादाबाहेक सबै राज्यमा ट्रम्पले अग्रता लिएका छन् । कुल ६ इलेक्टोरल भोट रहेको नेभादा जितेमा बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने लगभग निश्चित हुनेछ । त्यस्तै जर्जियामा अझै ९० हजार जति मत गन्न बाँकी रहेकाले त्यहाँ पनि बाइडेनले जित्न सक्ने डेमोक्रेटिक पार्टीले दाबी गरेको छ । ट्रम्पले भने बाइडेनलाई हराउन मतगणना जारी रहेका सबै राज्य जित्नुपर्ने आवश्यक देखिएको छ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)