“धेरै कमाउनेले, धेरै र थाेरै, कमाउनेले,थाेरै कर तिर्ने व्यवस्था, गर्नुपर्छ : मन्त्री शर्मा”
2021, November 14th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाण्डौ – अर्थ मन्त्री जनार्दन, शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभएकाे छ । आज आइतवार राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्ता बताउनुभएकाे हाे ।”

“मन्त्री शर्माले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताउनुभयो । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत व्यवस्था गर्न नसके पनि आउँदो बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उहाँले बताउनुभयो ।”

‘आउँदो बजेटमार्फत, कर नीतिमा, आमूल परिवर्तन हुन्छ’, मन्त्री शर्माले भन्नुभयो, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो, व्यवस्था बनाउनुस् ।’

“देशमा विभिन्न आन्दोलनबाट परिवर्तन आए पनि व्यवहारतः कार्यान्वयन गर्न सङ्क्रमणकालीन अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट प्रतिबद्ध भएर लाग्न मन्त्री शर्माले आग्रहसमेत गर्नुभयो ।”

“देश बनाउन राजनीतिकर्मी, कर्मचारी र नागरिकले आ–आफ्नो ठाउँबाट प्रतिबद्ध भएर प्राप्त उपलब्धिको संरक्षण र सरकारको नीतिलाई कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।”

“कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री, शर्माले समाजवाद उन्मुख अर्थतन्त्रबारे कर्मचारीले ,जान्नुपर्ने बताउनुभयाे । कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने कुरा कर्मचारीले, जान्नैपर्ने उहाँले बताउनुभएको हो ।”

‘नेपालको संविधानले, समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्‍याे, थाहा, पाउनुपर्‍याे’, मन्त्री शर्माले तालिममा सहभागी, अधिकृत कर्मचारीहरूलाई भन्नुभयो, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा, सिकाइयोस् ।’

“संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिनुभएको हो । उहाँले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर, ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराउनुभयो ।”

“मन्त्री शर्माले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने उहाँले बताउनुभयो ।”

“आजदेखि सुरु भएको तालिम,आउँदो पुस ९ गतेसम्म चल्नेछ ।”

तपाईको प्रतिक्रिया