“मुस्ताङमा हिम पहिरो : भागदौडमा, ७ घा’इते”
2021, November 14th, Sunday

हाम्रो खबर संबाद दाता

“मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घा,इते भएको छन् । हिम पहिरो जाँदा भा,गदौड हुदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाकारी दिए ।”

“हिम पहिरो गएपछि कोवा,ङ, लार्जुङ, नाउरिकोट, आसपासका स्थानीयको भागदौड हुँदा उनीहरु घाइते भएका हुन् । थासाङ गाउँपालिका, मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो । हिम पहिरोका, कारण बेनी–जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गरेको प्रहरीले जनाएको छ ।”

“साङ गापा मार्थि धौलागिरी, क्षेत्रको मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत बढेको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी निरिक्षक आशिष अधिकारीले बताए । )”

“उनले फेरि पनि हिम पहिरो ,जानसक्ने भएकाले वरपरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको बताए ।”

तपाईको प्रतिक्रिया