“मान्छे मारेर छुटेका, चर्चित व्यक्ति,लाई ओलीले, बनाए प्रतिनिधि”
2021, November 14th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं । मान्छे मारेको अभियोगमा सर्वस्वसहित जन्मकैदमा जेल बसेर माफी पाएर छुटेका बालकृष्ण ढुंगेल एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।”

“राष्ट्रिपति विद्यादेवी भण्डारीले ढुंगेललाई आममाफी दिएर छुटाएकी थिइन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।”

“ढुंगेल ओखलढुंगा जिल्लाबाट २०६४ सालमा माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी पार्टी छाडेर उनी एमालेमा प्रवेश गरेका छन् ।ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन् ।”

“ढुंगेलसँगै स्कूल विभागबाट दयालवहादुर शाही, घनश्याम कोइराला, हिमबहादुर क्षेत्री, तेजकुमारी खड्का लगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।”

तपाईको प्रतिक्रिया