“माओवादी छाडेर, एमाले प्रवेश गरेका ,ज्ञानकुमार योञ्जन,लाई एमाले,मा दुवै हातमा लड्डु !”
2021, November 14th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं । नेकपा एमालेका जिल्ला नेता ज्ञानकुमार योञ्जनलाई दुवै हातमा लड्डु हात परेको छ ।”

“माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका योञ्जन यसअघि सम्पन्न एमाले सुनापति गाउँ कमिटीको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।”

“सुनापति गाउँ कमिटीको अध्यक्ष रहेका योञ्जन पुनः अन्य प्रतिस्पर्धीलाई पछि पार्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुन सफल भएका छन् ।”

“उनलाई पालिका कमिटीको अध्यक्ष र महाधिवेशन बन्ने अवसर जुटेको छ । सुनापति गाउँ कमिटीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि रामकृष्ण लामा, भुवन घिमिरे, सुमन कुमार लामा, चन्द्रबहादुर मानन्नधर र रविन्स लामाले उम्मेवादरी दिएका थिए ।”

“तर सहमतिबाट प्रतिनिधि चयन गर्न निर्वाचन नगर्ने समझदारी अनुसार जिल्ला अध्यक्ष शान्ति पौडेलको संयोजकत्वमा गठित समन्वय कार्यदलले आज सहमतिको आधारमा १९ जना प्रतिनिधि चयन गरेको हो ।”

तपाईको प्रतिक्रिया