“जग्गा मठमन्दिर,को, हालीमुहाली महन्तको”
2021, November 14th, Sunday

हाम्रो खबर संबाद दाता

“जनकपुरधामस्थित रत्नसागर राज गुठीको जग्गा २०२६ सालको सर्भे नापीले ८० बिगाहा देखाएको थियो। तर, त्यसयता ५५ बिघाजति रत्नसागर मठका महन्त र नापीका कर्मचारीसँगको मिलेमतोमा विभिन्न व्यक्तिले हडपेको पाइएको छ”

‘रत्नसागरका पुराना, महन्तको नक्कली मनखपको कागज तयारी गरी सम्पूर्ण जग्गा आफ्नो नाममा गराएको, देखिन्छ’, उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ मा लेखिएको छ। बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर नगरपालिकाभित्र रहेका पोखरी, डिल, रामजानकीलगायत प्रमुख मन्दिरहरू तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न उक्त कार्यदल बनाइएको थियो।”

“प्रतिवेदनअनुसार जनकपुर नगरपालिकाका तत्कालीन मेयर वृशेष चन्द्रलाल, धनुषाका तत्कालीन प्रहरी प्रमुख (एसपी) विश्व जबरा र ब्रम्हचारी रामबाबुलगायतले गुठीको जमिन कब्जा गरेका छन्। पूर्वमा राधे मण्डल, बीचमा शिव झा र पश्चिमतिर नीलाम्बर साहलाई बिक्री गरी बिभिन्न व्यक्ति घर बनाई बसेका छन्।”

“तत्कालीन एसपी जबरादेखि, दुःखी पाण्डे, कामेश्वर पाण्डेले आफ्नो भोग चलन देखाई पुनरावेदन अदालतबाट मुद्दा जितेको दाबी गरेको जनाइएको छ। शीतल सिंह, रामदुलारी शरण, रामविहारी शरण, शिया शरणले सर्वोच्चबाट मुद्दा हारे पनि अतिक्रमित जग्गा छाडेका छैनन्। तत्कालीन राजाका नातेदार कुमारखड्ग विक्रमलाई भने २०४४ सालमा गुठीले नै निर्णय गरी १० बिघा दिएको जनाइएको छ। मणिपाल अस्पतालले १७ बिघा वर्षको ७० हजार भाडामा लिएको छ। रत्नसागरका तत्कालीन महन्त वैकुण्ठ, दास ‘वैष्णव’ले मनोमानी मनखप बनाई यहाँको जमिन बेचबिखन गरी बसेको बस्तीको नाम वैकुण्ठपुरी राखिएको छ।”

“बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष रामकुमार शर्मा मठमन्दिरको जग्गा संरक्षण अभियान चलाउनुपर्ने बताउँछन्। ‘मैले पोखरीलाई अतिक्रममुक्त बनाउन अभियान चलाएँ। तर, ज्यान मार्नेसम्मको धम्की आयो। पोखरीको अतिक्रम, हटाउन म केही हदसम्म सफल भएँ। तर, अझै बाँकी छ’, उनी भन्छन्, ‘जनकपुरमा एउटा मन्दिर हैन ५२ कुण्ड ७२ तालकै संरक्षण अभियान थाल्नुपर्छ।’ जनकपुरको विकासमा जनकपुरकै नेता बाधक बनेको उनको गुनासो छ।”

“मैले पोखरीलाई अतिक्रममुक्त बनाउन अभियान चलाएँ । तर, ज्यान मा,र्नेसम्मको ध,म्की आयो । जनकपुरमा एउटा मन्दिर हैन, ५२ कुण्ड ७२ तालकै संरक्षण अभियान थाल्नुपर्छ ।”
– रामकुमार शर्मा, पूर्वअध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्”

“महन्तबाटै मठमन्दिरको जग्गा मासिने क्रम सुरु भएर त्यसैले निरन्तरता पाएको हो, । मठमन्दिरको जग्गा बचाउनु छ भने सबैलाई ट्रस्टमा ल्याउनुपर्छ । अन्यथा हड्पिने क्रम रोकिँदैन ।’
–राकेशविक्रम साह, स्थानीयवासी “

“स्थानीय युवा राकेशविक्रम साह महन्तबाटै मठमन्दिरकै जग्गा मासिने क्रम सुरु भएर त्यसैले निरन्तरता पाएको बताउँछन्। ‘मठमन्दिरको जग्गा बचाउनु छ भने सबैलाई ट्रष्ट बनाउनुपर्छ’, उनी भन्छन्, ‘अन्यथा मठमन्दिर हड्पिने क्रम रोकिँदैन।”

“अर्का स्थानीय जगदीश दास वैष्णव त्यागी मठमन्दिरको जग्गा सन्तमहन्तले कमाइ खाने भाडो बनाएको आरोप लगाउँछन्। ‘जनकपुरमा भएका मठमन्दिरका जग्गा बेचिनुमा सरकारी कार्यालयदेखि भुमाफिया, मन्दिरका संरक्षक भनिएका सन्त–महन्तदेखि राजनीतिक व्यक्तिहरूको संलग्नता हुन्छ’, उनी भन्छन्।”

“मठको नाममा २०४४ देखि २०५१ सम्म सहरी नापीले कायम गरेको अवस्थामा पुराना महन्तले केन्द्रीय गुठीले गरेको निर्णयबाहेक कुनै जग्गा कसैलाई नदिएको उल्लेख गरे पनि जग्गा लोप भइसकेको छ।”

“महन्तै फरार”
“रत्नसागरका तत्कालीन महन्त वैष्णव भने सरकारी कागजात किर्ते गरी अर्बौं मूल्यको सार्वजनिक जग्गा ह,डपेको १९ मंसिर २०७५ मा काठमाडौं बागबजारबाट प,क्राउ परेका थिए। उनी सार्वजनिक सम्पत्ति हडप्नेदेखि गम्भीर अपराधमा मुछिएका थिए। पछिल्लो पटक सरकारी कागजात किर्ते गरी जनक हजारी विद्यापीठले भोगचलन गर्दै आएको दुई बिघा ११ कठा हडपेको आरोप लागेको थियो। विद्यापीठका प्राचार्य विजयकुमार चौधरीले जाहेरी दर्ता गरेपछि प्रहरीले महन्त वैष्णवको खोजी थालेको थियो।”

“रत्नसागर मठको जग्गा, बेचेर करोडौं रकम कमाएको आरोप उनीविरुद्ध पहिलेदेखि लाग्दै आएको थियो। त्यही कारण अन्य जिल्लामा रहेका मठका महन्तसमेत उनीविरुद्ध उभिएका थिए। जनकपुरको वीरपुर कु,टीमा रहेको राधाकृष्णको बहुमूल्य मूर्ति गायब पारेको, मन्दिरको सम्पत्ति अनधिकृत, रूपमा बेचबिखन गरेको दाबी गर्दै जानकी मन्दिर र महोत्तरीको मटिहानी मठका महन्त सम्मिलित ‘रामानन्दीय वैष्णव संघ’समेत वैकुण्ठविरुद्ध सडकमा ओर्लिएको थियो। जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैष्णवले सयौं वर्ष पुरानो मूर्ति र जग्गा बेचेर खाएको आरोप लगाउँदै आएका छन्।”

“विद्यापीठले उपभोग गर्दै आएको गुठीको जग्गा चलाखीपूर्वक आफ्नो स्वामित्वमा पारेपछि वैष्णव समस्यामा परे। उनीमाथि जनकपुर उपमहानगरपालिका–८ स्थित विद्यापीठले भोगचलन गर्दै आएको दुई बिघा ११ कट्ठा जग्गा गुठी संस्थान र मालपोत ,कार्यालयका कागजात किर्ते गरी आफ्नो नाममा बनाएको अभियोग छ। त्यो जग्गा (सिट नम्बर १३५४–१४ को कित्ता नम्बर ६२ को २ कट्ठा ११ धुर र सिट नम्बर १३५४–१५ को कित्ता नम्बर २८ को २ बिघा ८ कट्ठा १४ धुर) उनले नातेदार अशोक शर्माका नाममा नामसारी गराएका थिए। शर्माको नामबाट त्यो जग्गा अरूलाई बिक्री गरेका थिए। रामानन्द चोकबाट ३ सय मिटर दक्षिण– पश्चिममा रहेको सो जग्गाको चलनचल्ती मूल्य डेढ अर्बभन्दा बढी पर्छ। जहाँ अहिले घना बस्ती छ”

“विद्यापीठका प्राचार्य विजयकुमार चौधरी विद्यालयले भोगचलन गर्दै आएको गुठीको ,जग्गा धमाधम बिक्री हुन थालेपछि खोजी गर्दा वैष्णवको ठगी धन्दा खुलेको बताउँछन्। सोही जग्गाको बेचबिखनमा मुछिएका वैष्णव फरार सूचीमा छन्”

तपाईको प्रतिक्रिया