“फेसवुकमा आफुलाई छोटे राजा लेखेको भन्दै वडाध्यक्षले, विज्ञप्ती नै निकालेर दिलबहादुर,लाई सबै सेवा बन्द, गर्ने निर्णय गरिदिए”
2021, November 14th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । सल्यानको बागचौर नगरपालिका ४ का वडाध्यक्ष प्रेमबहादुर पुनले, अनौँठो निर्णय लिएका छन् । आफ्नो र वडाको आलोचना गरेको भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा, बञ्चित गरेका हुन् ।”

“केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएको छ ।/”

“केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध, लगाइएको छ। वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।”

“के हो घटना ? घटना बिवाहसँग जोडिन्छ । केसीका भाइले सात महिना अघि गाउँकै एक जना वर्षीया किशोरीसँग बिवाह गरेका थिए । किशोरी सोही वडाका वडा सदस्यका आफन्त हुन् ”

त”र आफ्ना भाइवि,रु,द्ध ब,ला,त्का,रको मु,द्दामा फसाउने षड्यन्त्र भएको भन्दै केसी वडासँग रुष्ट भएका थिए । ‘विवाह भएको कुरा वडाध्यक्ष लगायत सबैलाई थाहा थियो । विवाह हुँदा नखोज्ने तर सात महिनापछि ब,ला,त्का,रको मु,द्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने ।”

“कानुनी रुपमा २० बर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर, सांस्कृति रुपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले दाबी छ ।”

तपाईको प्रतिक्रिया