“गिभिना टिकटक,बाटै बनिन स्टार:२४ बर्षकै उमेरमा मच्चाइन, देश बिदेशमा, धमका”
2021, November 13th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौ। सामाजिक संजाल टिकटक बाट छुट्टै किसमको भिडियो पोस्ट गरेर एकजना नेपालकी छोरी यतिबेला चर्चामा छिन।टिकटक बाटै चर्चामा आउन सफल उनी सबै नेपालिहरुको मनमुटुमा बस्न सफल भएकी छिन। उनिले गरिब दुखी हरुलाइ बाटोमा मुठ्ठी मा पैसा राखेर उनिहरुसङ्ग मुठ्ठी ठोकयर पैसा दिने गर्छिन। अहिले उनी सबै नेपालीहरुको मनमुटुमा बस्न सफल भएकी छिन।”

“यति भन्दै गर्दा यतिबेला धेरैलाई उनिको नाम मनमा आइसकेको होला। यो तपाईंहरु सबैले अनुमान गरे जस्तै उनै महान नारीको नाम गिभिना मगर। पोखरामा बसोबास गर्ने २४ बर्सिय गिभिना पेसागत रुपमा उनी शिक्षिका पनि हुन।”

“फुर्सद भएको समयमा उनिले टिकटकमा अरुले भन्दा भिन्नै किसमको भिडियो बनाएर अप्लोड गर्ने गर्छिन। जुन भिडियोमा उनिले सडकमा जिन्दगी बिताइ रहेका मानिसहरुलाइ आर्थिक सहयोग गर्छिन्। जस्तै: खाने कुरा, लत्ताकपडा दिने लगायत धेरै सहयोग गर्ने गर्छिन।”

“टिकटक मा धेरी किसमका भिडियो हेर्न सकिन्छ तर सामाजिक संजाल बाट पनि यक किसमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने उदाहरण हुन उनी। आफ्ना भावना र सन्देश लाई १५ सेकेन्ड देखि ३ मिनेट सम्म भिडियो कैद गर्न यतिबेला धेरैले टिकटक प्रयोग गरेको देखिन्छ।”

“टिकटकमा सामाजसेवा प्रतिनिधित्व ल्यायको पछिल्लो सामाजिक ट्रेड पनि हो र जसलाई पछ्याउने को संख्या दिनदिनै बढिरेहेको छ। त्यस्तै पोखराकी २४ बर्सिय ठिटी गिभिना मगर पनि एक प्रतिनिधि मात्र हुन जो टिकटकलाइ सामाजिक हितमा प्रयोग गर्न ब्यस्त छिन।”

“यो टिकटक मनोरञ्जन मात्र हैन त्यो भन्दा अरु धेरै काममा पनि प्रयोग हुँदै छ। पछिल्लो पुस्ताले टिकटकको बहु प्रयोग गर्न थालेको छन। सामाज सेवा, सूचना, सामाचार देखि मनोरञ्जनमक यो चिनियाँ यपको प्रयोग भैरहेको छ। केहिले चाहिँ यसलाई समाज सेवामा बिकास गरिरहेका छन।”

“उनका टिकटक पोस्टले राम्रो चर्चा पाएको छ। हजारौं प्रयोग कर्ताले लायक कमेन्ट मार्फत उनको टिकटक सामाज सेवालाइ रुचायका छन। धेरैले कलियुगकी भगवान को उपमा पनि दिएका छन।”

“पेशाले शिक्षिका समेत रहेकी पोखरा हेम्जाकी शिक्षकसँगै सामाजिक कार्यमा पनि सहभागी भएकी छिन। विद्यालय छुट्टी हुने बित्तिकै गिभिना सडक मान्छेको पिडामा मलम लगाउन पुग्छिन।”

“बिपन्न रोगी, दुखी र वृद्ध लाई सघाउन आर्थिक सहयोग गर्ने गर्छिन। पैसा दिने उनको आफ्नै तरिका छ, जस्लाइ टिकटक प्रेमिले निकै नै रुचाएका छन। सामान्य परिवारमा हुर्केकी उनीलाई सामाजिक कार्य नगरे सम्म निद्रा लाग्दैन र बाल्यकाल देखिनै पैसा बचत गरेर बिपन्नलाइ सहयोग गर्ने उनको शोभाव थियो।”

तपाईको प्रतिक्रिया