नेकपा अध्यक्ष ओलि र प्रचण्ड बिच चर्काचर्की ! अब के होला? हेर्नुहोस,
2020, November 5th, Thursday

admin

काठमाण्डौं कार्तिक २० । नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको बिबादले निकास पाउनुको साटो अझै उग्र रुप लिने संभावना बढेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच वालुवाटारमा भएको छलफलमा चर्काचर्की भएको उच्च स्रोतले दाबी गरेको छ ।
आफूले कुनै पनि हालमा राजीनामा नदिने भनी ओलीले अभिव्यक्ति दिएको बिषयमा पनि प्रचण्डले आपत्ति जनाएको बुझिएको छ । प्रचण्डले आफूलाई पार्टी विभाजन गर्न खोजेको दोष लगाएर गुट भेला, बैठक जस्ता फुटका गतिविधि बालुवाटारबाटै भएको भन्दै प्रचण्डले असन्तुष्टी जनाउदै बैठक बस्न प्रस्ताव गरेका थिए ।
तर ओलीले बैठकक राख्ने बारे ओलीले नमाने पछि प्रचण्ड बालुवाटारबाट बाहिरीएका थिए ।

यसले नेकपा भित्रको विवाद अझै बढ्ने चिन्ता बढेको छ । नेकपा भित्र प्रधानमन्त्रीको राजीनामा, पार्टी एकताका बाँकी काम, मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजदुत नियुक्ति जस्ता विषयमा विवाद रहेको छ ।
ओलीले एकलौटी गरेको भन्दै प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया