हाम्रोखबर संवाददाता 340 Views
“उदयपुर । उदयपुरमा आफूलाई डाक्टर (स्वास्थ्यकर्मी) भएको बताउने एक युवकले जुत्ता चोरी गरेको भिडियो एकाएक भाईरल बनेको छ । जिल्ला सदरमुकाम गाईघाट बजारस्थित सगरमाथा डिपार्टमेन्ट स्टोरभित्र जुत्ता लिएर काउन्टरमा पैसा नतिरी जुत्ता लिएर जाँदै गरेका व्यक्ति रुपक रौनीयारको भिडियो सनसनी फैलिएको हो ।”
“एक स्थानीय मिडियाले प्रशारण गरेको ११ मिनेट ३५ सेकेण्ड लामो भिडियोमा ती युवकले ‘एक पटकका लागि माफी गरिदिनुस्’ भन्दै बिन्ती गरिरहेको दृष्यमा देखिएको छ । उनले तीन पटकसम्म यसैगरी कर्मचारीको आँखा छलेर जुत्ता लैजादै गरेको दृष्य सीसी क्यामेरामा रेकर्ड भएपछि स्टोर सञ्चालकले उनीमाथि सोधपुछ गरेको छ ।”
“केही स्थानीय सञ्चारकर्मी, स्थानीय र डिपार्टमेन्ट स्टोर सञ्चालक किरण राईलगायतको उपस्थिती देखिने त्यो भिडियोमा ती पुरुषले आफूले जुत्ता चोरी गरेको स्वीकारेका छन् । ‘एक पटकको लागि माफ गरिदिनुस् दाजु मेरो जाँगीर जान्छ’ सोधपुछ (छलफलकै) क्रममा सञ्चालक राईसँग ती पुरुषले खुट्टा ढोक्न खोज्दै गरेको देखिन्छ ।”
“त्यसपछि लगतै कोही व्यक्तिले प्रश्न गर्छन्, ‘के को जाँगीर ?’ जवाफमा ती पुरुषले भन्छन्, ‘अस्पतालमा.., धनगढीको हस्पीटलमा’ उनको जवाफ सुन्ने अन्य सहभागीले यस्तो जाँगीरे मान्छेले सामान किनेपछि रकम भुक्तान नगरी सुटुक्क निस्कन नहुने सुझाएको पनि सुनिन्छ ।”
“छलफलकै क्रममा खिचिएको सो भिडियोमा स्टोर सञ्चालकले ७ लाख ३६ हजार ३ सय ५० रुपैयाँको सामान हराएको दाबी गरेका छन् । सो रकम चुक्ता गरे माफी दिन ससकिने सञ्चालकले बचन दिदै गरेको दृष्य समेत रेकर्ड भएको छ ।”
“सामाजिक सञ्जाल आफ्नो आधिकारिक फेसबुक प्रोफाईलमा उनले आफूलाई रजिस्टार डाक्टर भएको उल्लेख गरेका छन् । आफूलाई डाक्टर बताउने रौनीयराले ८ः५९ बजेको समय चप्पल लगाएर भित्र प्रवेश गरेको र नयाँ जुत्ता खुट्टामा लगाएर पुरानो चप्पल पछाडीपटी लुकाएर निस्कीएको देखिएको छ ।”
“केही महिनाअघि मात्र उदयपुरकै चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित स्थानीय सजिलो डिपार्टमेन्ट स्टोरमा पनि बिभिन्न प्रकारका सामान हराएको थियो । सीसी क्यामेरामा रेकर्ड भएको दृष्यको आधारमा बजारकै २४ वर्षीय एक युवक समातिएका थिए ।-जेठो खबरबाट”
हेर्नुहोस् डिपार्टमेन्टभित्रको सीसी क्यामेरामा रेकर्ड भएको यो दृष्य –
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)