“प्रचण्ड मेडिसिटी, अस्पताल, भर्ना, यस्तो छ अवस्था ,
2021, November 13th, Saturday

हाम्रोखबर संवाददाता

“काठमाडौं, २७ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गरिरहेका दाहाल”

“क्तचाप नियन्त्रण नभएपछि अहिले मेडिसिटी अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जानकारी दियो । दाहाल अस्वस्थ भएको कारण आज महोत्तरीमा आयोजना गरिएको कार्यक्रमसमेत स्थगित् गरिएको छ ।”

“प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेकी छिन्–’कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागीता”

“जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो।अहिले अबश्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केहि घण्टा आराम गराई डिस्चार्ज गरिने छ। धन्यवाद्।’ file photo”

तपाईको प्रतिक्रिया