“विद्युत्, खपत बढाउन, घरघरमा, इन्डक्सन, चुलो, सडकमा, इलेक्ट्रिक, गाडी : कुलमान,घिसिङ”
2021, November 13th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं “:-उत्पादित विद्युत्‌को खपत बढाउन इन्डक्सन चुलो र इलेक्ट्रिक गाडी अभियान चलाइने भएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणबाट इन्डक्सन चुलो र इलेक्ट्रिक गाडीमा सहुलियतका कार्यक्रम संचालन हुने बताइएको छ । ‘अब घरघरमा इन्डक्सन चुलो र सडकमा इलेक्ट्रिक गाडी गुडाउने अभियानमा प्राधिकरणले काम गरिरहेको छ,’ शनिबार बुुटवल आएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘विद्युत्‌को आन्तरीक खपत बढाउन उपभोक्ताका घरमा विद्युत् क्षमता बढाउने र ठाउठाउमा चार्जिङ स्टेशन बनाउने काम भइरहेको छ”

“निर्देशक घिसिङका अनुसार उपभोक्ताले घरमा विद्युतीय क्षमता बढाउन चाहे आवेदन दिएको एक महिनाभित्र स्थानीय कार्यालयमार्फत नि:शुल्क क्षमता बढाइदिने काम थालिएको छ । यसोगर्दा घरमा विद्युतीय सामाग्रीको उपयोग बढ्दै गएको छ । देशभर ५० वटा इलेक्ट्रिक चार्जिङ सेन्टर बनाइदैछ । मुख्य सहर र राजमार्गलाई लक्षित गरी स्टेशन बनाउन लागिएको हो । यसले विद्युतीय साधन किन्ने र चढ्नेको संख्या बढ्दै गएको छ । नीजी क्षेत्रले चार्जिङ स्टेशन बनाउन चाहे नि:शुल्क जडान गरिदिने सहमति भएको घिसिङले बताए ।”

“विद्युत् खपत बढाउन विद्युत् विस्तार र औद्योगिक क्षेत्र एवं उद्योगहरुको माग अनुसार वितरण गर्ने प्रक्रियासमेत बढाइएको छ । रुपन्देहीको भैरहवा धकधइ, नवलपरासीको परासी र सुनवल क्षेत्रमा विद्युत्‌को माग बढेको घिसिङले बताए । ‘उद्योग निरीक्षण गर्ने प्रयोगको अवस्था हेर्ने र माग अनुसार विद्यत् उपलब्ध गराउने काममा खटेका छौं,’ उनले भने, ‘बुटवल मैनहिया १३२ केभी प्रसारण लाइन सकिएपछि भैरहवा, लुम्बिनी क्षेत्रमा समेत माग अनुसार विद्यत् दिइनेछ।’ विद्युत् खपत बढाउन रुपन्देहीको मैनहियाबाट भारतको उत्तरप्रदेश जोड्न सम्पतिया १३२ केभी लाइन विस्तार थालेको उनले बताए ।”

“हाल देशभरमा २ हजार १ सय मेघावाट विद्युत् उत्पादन भइरहेको छ । आउँदो वर्ष ५ सय मेघावाट हुँदै त्यसपछिका वर्षमा हरेक वर्ष १ हजार मेघावाट विद्यत् थपिँदै जानेछ । हाल सुख्खा मौसम बाहेकमा देशकै विद्यत्‌ले पग्ने गरेको छ । यसवर्ष मंसिर अन्तिम साता वा पुसबाट केही विद्युत् आयात गर्नु परेपनि आगामी वर्षदेखि सुख्खा मौसममा पनि विद्युत् आयात गर्न नपर्ने निर्देशक घिसिङले बताए ।”

“विद्युत् प्राधिकरणले हाल त्रिशूली र देवघाटको २० मेघावाट विद्युत् दैनिक अनलाइनमार्फत बेच्दै आएको छ । कोसी र मर्स्याङदीको समेत अनलाईन बिक्रीको तयारी भइरहेको बताए ।”

“ट्रंकलाइन विवादबारे, बोर्ड बाहिर, गएर बोल्न मिल्दैन”

विद्युत् खपत बढाउन घरयासी उपयोगदेखि उद्योगसम्मको माग नियमत मागका आधारमा विद्युत् आपूर्ति हुन्छ र उपयोगका आधारमा रकम भुक्तानी गर्नुपर्छ । तर, रुपन्देहीका २३ उद्योगीले भने ट्रंकलाइन उपयोग नगरिकनै करोडौं रकम तिर्नुपर्ने देखिएको छ, । भैरहवा क्षेत्रमा लोड व्यवस्थापन गर्दा उद्योगहरु ट्रंकलाइनमा पर्न गएको भन्दै विद्युत् प्राधिकरणले छुट बीलका नाममा रकम तिर्न ताकेता गरेपछि उद्योगीहरु अहिले न्यायका लागि अदालत गएका छन् । तर, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने विद्युत् बोर्ड र विनियमका आधारमा उद्योगीबाट रकम लिन पत्राचार गरिएको बताए ।”

“विद्युत्‌का बारेमा पटकपटक छलफलमा बसेको र पछिल्लो पटक अदालत गइसकेको विषय भएकाले यसबारेमा प्राधिकरणले छुट्टै व्यवथा नगर्ने उनले बताए । ‘ट्रंकलाइन विवादमा म बोर्ड बाहिर गएर बोल्न मिल्दैन,’ उनले भने । विद्युत् प्राधिकरणले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन खपत गरेको भन्दै झन्डै ४ वर्षपछि २०७६ फागुनमा उक्त अवधीको बिलको ६६.६७ प्रतिशत वृद्धि गरी छुट बीलका नाममा २३ उद्योगलाई रकम भुक्तानीका लागि पत्राचार गरेको थियो ।””

तपाईको प्रतिक्रिया