“उत्तरी गोरखा,लाई छुट्टै जिल्ला, बनाउनुपर्छ : बाबुराम, भट्टराई”
2021, November 13th, Saturday

हाम्रोखबर संवाददाता

“गोरखा -: पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम, भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन् ।

“संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियान अन्तर्गत गोरखामा रहेका, भट्टराइले शुक्रबार साँझ लाप्राकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका हुन् ।”

‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन, अभियान चलाउनुपर्छ, संविधान त विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ,’ उनले भने, ‘अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ, जनताले बुझ्ने भनेको जिल्ला हो ।/”

“गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंद समेत रहेका भट्टराईले यसका लागि आवाज उठाउन स्थानीयबासीलाई आग्रह गरे । ‘आफ्नो सक्दा आफ्नो हातमा नआएसम्म, जनप्रतिनिधि आफैंले नचुनेसम्म, तपाईंहरुले विकास र समृद्धि जतिसुकै चि,च्याएर पनि पाउनुहुन्न,’ उनले भने ।”

“कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने भट्टराइले बताए । ‘आउनुस् उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन साझा, मु,द्दा, बनाएर, अभियान चलाऔं,’ उनले भने,‘सबैले आन्दोलन गर्‍यौं संघर्ष गर्‍यौं भने यो सम्भव छ ।’ जसपाले यो संविधान मिलेको छैन, जनताको पहिचान र अधिकार सहितको हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको उनले बताए ।”

“सुज अभियान अन्तर्गत, भट्टराई यतिबेला जिल्लाको ग्रामिण भेगमा छन् । गत सोमबार घ्याल्चोकबाट अभियान सुरु गरेका भट्टराई गण्डकी, शहिद लखन, भिमसेन थापा, आरुघाट, धार्चे गाउँपालिकाको विभिन्‍न गाउँ पुगिसकेका छन् । ११ दिने सुज अभियान मंसिर ३ सम्म चल्ने जसपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमालले बताए ।”

“सडक नपुगेको ठाउँमा लौरो टेकेर भट्टराईले घरदैलो गरेका छन् । धार्चे गाउँपालिकाको, लप्सीबोट, एमगाउँ क्षेत्रमा भट्टराई पैदल नै पुगेका थिए । किसानसँगै ,धान झाँट्ने, पार्टी नेता/कार्यकर्ता, स्थानीय तथा फरक पार्टीका नेता कार्यकर्तासँग उनी भलाकुसारी गर्दै जिल्ला घुमिरहेका छन् ।”

तपाईको प्रतिक्रिया