“साउदी बाट आयो, खुसीको खबर,साउदीले उच्च सीप भएका, विदेशी,लाई साउदी नागरिकता, प्रदान गर्ने,
2021, November 13th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाण्डौ –  साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने  निर्णय गरेको छ ।”

“डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्राविधिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका विदेशी नागरिकलाई साउदीको नागरिकता, प्रदान गर्न बिहीबार साउदीको शाही आदेशले, अनुमति दिएको हो ।”

“साउदीले २०३० सम्मको आफ्नो योजनामा विदेशी नागरिकलाई साउदी नागरिकता दिने विषय समेटेको छ ।”

“उच्च सीप युक्त विदेशी नागरिकलाई आकर्षण गर्न र साउदीलाई ज्ञानको हब बनाउनका लागि यो कदम अघि बढाएको साउदीले जनाएको छ ।”

“वैज्ञानिक, डाक्टर र अन्य प्राविधिक क्षेत्रमा विदेशीहरूलाई आकर्षित गर्न र साउदीमा आकर्षण व्यापारिक वातावरणको सिर्जना गर्ने उद्देश्य साउदीले लिएको छ । “

तपाईको प्रतिक्रिया