हाम्रोखबर संवाददाता 279 Views
“नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने भएको छ । नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशले निकासको बाटो नदिएको कारण आइतबार पनि गेटमै धर्ना दिन लागिएको हो ।”
“प्रधानन्यायाधीशको बहिर्गमनलाई नै बटमलाइन बनाएको बारले प्रधानन्यायाधीशको बहिर्गमन र गोलाप्रथाबाट पेसी तोक्ने सुरुवात नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा ६ जना अधिवक्ताहरू सामान्य घाइते बनेका थिए ।”
“त्यसैको विरोधमा बारले शुक्रबार सर्वोच्च अदालतको गेटमा धर्ना दिएको थियो भने शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरण सहितका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो । शुक्रबार बारका पदाधिकारी र सदस्यहरु सर्वोच्चको गेटमा धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक बाटो प्रयोग गरेर अदालत प्रवेश गरेका थिए ।”
“करिब डेढ घण्टा धर्नामा बसेका बारका सदस्यहरु पछि बारमा आई कोणसभा गरेका थिए । उक्त कोणसभाबाट आइतबार पनि सर्वोच्चको गेटमा धर्नामा बस्ने घोषणा गरेका हुन् ।”
“यसैबीच नेपाल बार एशोसिएसनले आइतबार देशैभरका अदालतमा धर्ना दिने तयारी गरेको छ । बारकी उपाध्यक्ष बस्यालका अनुसार बार इकाईहरुले आइतबार देशैभरका अदालतमा धर्ना दिने तयारी गरेको छ । त्यसका लागि बारको बैठक बसेर धर्नाका लागि आव्हान गर्न लागिएको हो ।;
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)