‘चोर’ बाटो,बाट अदालत छिर्ने, प्रधानन्यायाधीशले न्यायालय, चलाउन, सक्छन् ?’
2021, November 12th, Friday

हाम्रो खबर संबाद दाता

“सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले चोर बाटोबाट अदालत छिर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसरी न्यायालय चलाउन सक्छन् भन्दै प्रश्न गरेका छन् ।”

“उनले भने, ‘आज चोरबाटोबाट छिर्नुभयो, बारमा विचौलिया छिराउनुभयो त्यसको भत्सर्ना गर्छौं। आज चोरबाटोबाट छिर्नुभयो। आजै आफ्नो हिसाब मिलाउनुहोस्, छोड्नुहोस्। पछि चिच्याउने अवस्था पनि पाउनुहुन्न। न्यायको मन्दिर भत्कियो भने न्याय डगमगायो भने सत्ता पल्टाउने क्षमता कानुन व्यावसायीसँग छ।”

“शुक्रबार प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने नियमित गेटभन्दा फरक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका थिए। नेपाल बारका पदाधिकारी तथा वकिलहरुले अदालतको मुख्य गेट अगाडी बसेर धर्ना दिँदै प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाएका थिए।”

“करिब ११ बजेतिर सर्वोच्चमाआएका प्रधानन्यायाधीश जबराले महान्यायधिवक्ताको कार्यालय नजिकैको गेट प्रयोग गरेर अदालत प्रवेश गरेका थिए।””

तपाईको प्रतिक्रिया