“पेरु:- स्वास्थ्य र शिक्षामा, आर्थिक सहयाेग, जुटाउन राष्ट्रपतिकाे विमान बिक्रीमा, राखियाे”
2021, November 12th, Friday

हाम्रो खबर संबाद दाता

“काठमाण्डाै – पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आफ्नो विमान बेचेर स्वास्थ्य र शिक्षाका लागि खर्च गर्ने बताउनुभएको छ ।”

आफू निर्वाचित भएको एक सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै उहाँले आफूले प्रयाेग गर्दै आउनुभएकाे विमान बेचेर त्यसको रकम शिक्षा र स्वास्थ्यका लागि खर्च गर्ने बताउनुभएको बिबिसीले जनाएको छ । उहाँले सरकारी अधिकारीहरूलाई प्रथम श्रेणीको उडानमा प्रतिबन्ध लगाउने पनि बताउनुभएको छ ।”

“गएको जुनमा पेड्रो कास्टिलो झिनो अन्तरले निर्वाचित हुनुभएको थियो ।पुरानो बोइङ विमान बेच्न त्यति सहज भने हुने छैन, पूर्वराष्ट्रपति एलन गार्सियाले यो विमान दुई पटक लिलामी गर्ने प्रयास गर्नुभयो तर उहाँ असफल हुनु भयो । पुरानो विमान बिक्रीका लागि प्रस्ताव गरिएको मूल्य दुई अर्ब २० करोडका कारण पनि सहजै बिक्री नहुने बताइएको छ ।”

“यसअघि पूर्वराष्ट्रपति अबलेर्टाे फुजीमोरीले प्रयोग गर्नुभएको विमान अहिले बिकेको खण्डमा यसको लाभ बालबालिकाको स्वास्थ्य र शिक्षामा जानेछ । पेरुको स्वास्थ्य सेवा कोरोना भाइरस महामारीका कारण कठिन अवस्थामा सङ्घर्ष गरिरहेको छ । यस वर्षको सुरुवातमा जनसङ्ख्याको अनुपातमा पेरुमा कोरोना भाइरसबाट ज्यान गुमाउने दर उच्च रहेको थियो ।”

“आफ्नो सम्बोधनमा राष्ट्रपति कास्टिलोले आउँदो डिसेम्बरमा १ मा न्युनतम ज्यालामा सात दशमलव पाँच प्रतिशत बढाउने घोषणा पनि गर्नुभएको छ ।”

तपाईको प्रतिक्रिया