“रामकुमारी झाँक्री,को यस्तो निर्णयले, हलचल”
2021, November 12th, Friday

हाम्रोखबर संवाददाता

“काठमाडौ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अघिल्लो साता गरेको एक निर्णयले तरंग उत्पन्न भएको छ । त्यसको असर शहर मात्र होइन, गाउँ–गाउँमा पनि परेको छ । सार्वजनिक खरिदका नाममा उपभोक्ता समितिले गरिरहेको अनियमितता रोक्न भन्दै मन्त्री झाँक्रीले मन्त्रिस्तरीय निर्णयबाट गरेको रोकावटपछि सबैतिर हल्लीखल्ली मच्चिएको हो । तर नगरपालिका संघले भने झाँक्रीको निर्णय मान्न नसकिने बताएको छ ।”

“शहरी विकास मन्त्रालयको निर्णयमा भनिएको छ– ‘सार्वजनिक खरीद ऐन, २०६३ मा सार्वजनिक निर्माणका लागि विभिन्न खरिदका विधिहरु अपनाउन सकिने व्यवस्था रहेको छ । उक्त विधिहरुमध्ये उपभोक्ता समिति वा लाभग्राहीबाट निर्माण कार्य गराउने विधि पनि एक हो ।”

“उपभोक्ता समितिबाट कार्य गराउँदा कार्यमा एकरुपता नभएको, निर्माण कार्यमा प्रतिस्पर्धा नभएको गुणस्तर कायम गर्न कठिन भएको र ऐन नियममा भएको व्यवस्था पालना नभएको भनी महालेखा परीक्षकको प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरूमा उल्लेख भएको”

“मन्त्रालयबाट अनुगमनका क्रममा समेत देखिएको सन्दर्भमा उपभोक्ता समितिबाट गराइने निर्माण कार्यहरुका लागि स्पष्ट कार्यविधि बनाई कार्यान्वयन गर्न उपयुक्त हुने देखिएकाले अर्को व्यवस्था नभएसम्म उपभोक्ता समिति मार्फत गरिने सम्पूर्ण खरीद कार्यहरु तत्काल रोक्का गर्ने नेपाल सरकार ९मा। मन्त्रीस्तरीय को मिति २०७८÷०७÷१४ मा निर्णय भएकाले सोही बमोजिम गर्नु गराउनु हुन अनुरोध छ ।”

“झाँक्रीको यो निर्णयप्रति नगरपालिका संघले भने आपत्ति जनाएको छ । नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुका उपभोक्ता समितिमार्फत हुने कामहरुमा रोक लगाउनु जनपक्षीय निर्णय नभएर निजी व्यवसायीलाई खुशी पार्ने निर्णय भएको बताए ।”

“मन्त्रालयको निर्णयप्रति निर्माण व्यवसायी भने खुशी देखिएका छन् । सार्वजनिक खरिदका लाइसेन्सधारी निर्माण व्यवसायीहरूले यसअघि नै उपभोक्ता समितिको विरोध गर्दै आएका थिए ।””

तपाईको प्रतिक्रिया