“यो सरकारले, कुनै, राम्रो काम गर्ला, भन्ने,आशै छैन : इश्वर पोखरेल”
2021, November 11th, Thursday

हाम्रोखबर संवाददाता

“नेकपा एमालेका महासचिव इश्व पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ला भन्ने कुनै आश नरहेको बताएका छन् ।”

“आज बिहीबार एमाले महाधिवेशन स्थल अवलोकनका लागि चितवनका आएका महासचिव पोखरेलले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।”

“आज बिहीबार एमाले महाधिवेशन स्थल अवलोकनका लागि चितवनका आएका महासचिव पोखरेलले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।”

“वर्तमान सरकारबाट कुनै अपेक्षा नभएकाले पनि राम्रो काम नहुँदा अचम्म नलागेको बताए । उनले भने ‘यो सरकार जुन धरातलमा बनेको छ, यसले कुनै काम गर्ला भन्ने आशै थिएन । त्यसैले राम्रो काम नगर्दा पनि अचम्म लाग्दैन ।”

“पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताए । उनले पार्टीको महाधिवेशनको तयारीका कामहरु ध्माधम अघि बढेको जानकारी दिए ।”

तपाईको प्रतिक्रिया